Play

नेकपा पुरानो नभएर नयाँ दल हो, प्रत्यक्षतर्फ नेकपा नै पहिलो दल बन्छ- प्रचण्ड

गुरुकुल खबर


पोखरा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूर्य भन्दा माथि तारा हुने बताउंदै आँफुहरु सूर्य भन्दा माथि तारामा पुगिसकेको बताएका छन । बुधबार पोखरामा नेकपाका कार्यकर्तासहितको भेलालाई सम्बोधन गर्ने क्रममा उनले नेकपा एमालेको चुनाब चिन्ह सूर्य र नेकपाको चुनाब चिन्ह तारा भएको सन्दर्भमा व्यङ्ग्यात्मक रुपमा आफूहरु सूर्यभन्दा धेरै माथि तारामा पुगेको तर्क गरे।

‘तारामा हामी पुगिसकियो । सूर्यभन्दा कति हो कति माथि हुन्छ तारा, त्यति माथि पुगिसकियो भन्ने कुरा अझै राम्रो जानकारी भएको छैन,’ उनले भने, ‘तपाईँहरूले आफ्नो चुनाव चिन्ह र पार्टी राम्रोसँग जनतालाई चिनाउने कुरालाई पनि त्यत्तिकै ध्यान दिन जरुरी छ ।’ नेकपाको चुनाव चिन्ह ‘तारा’ हो ।

पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले आफूहरु रहेको दल नेकपा पुरानो दल नभएर नयाँ पार्टी भएको समेत दाबि गरे । उनले १९ कात्तिकपछि कुनै पनि दल नजन्मिएको भन्दै नेकपा नै सबैभन्दा नयाँ दलभएको उल्लेख गरे । गत १९ कात्तिकमा प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसमेत १२ वामपन्थी घटक मिलेर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बनेको हो ।

फागुन २१ गते हुने निर्बाचनमा समानुपातिक तर्फ अन्य केहि नयाँ दलको राम्रो देखिए पनि प्रत्यक्षमा नेकपा नै पहिलो हुने समेत उनले दाबि गरे। ‘सबैतिरको स्थिति हेर्दा, समानुपातिकमा चाहिँ अलिकति नयाँहरूको वेभ चाहिँ नयाँ ठाउँमा देखिए पनि प्रत्यक्षतर्फको वेभ चाहिँ नेपाली कम्युनिस्ट पार्टीमै छ, त्यसकारण यसलाई हामीले ‘क्यास’ गर्न सक्नुपर्नेछ ।’

प्रचण्डले नेकपा आफ्नै खुट्टामा उभिएर पहिलो पार्टी बन्ने दाबी गर्दै कुनै पनि शक्तिसँग गठबन्धन नगर्ने समेत स्पष्ट पारे। ‘हामी   समीकरण वा तालमेल गर्नेवाला छैनौं,’ उनले भने, ‘आफ्नै खुट्टामा उभिएर जनताको विश्वासको बलमा हामी ‘टेस्ट’ हुन चाहन्छौं र मलाई विश्वास छ, हामी त्यो परीक्षामा उत्तीर्ण हुनेछौं । चुनाव आउँदा नआउँदै हामी चाहिँ एक नम्बर पार्टी बन्ने ठाउँमा पुग्ने छौँ ।’ ०८४ मा हुनुपर्ने निर्वाचन असहज राजनीतिक परिस्थितिबीच ०८२ मा नै हुन लागेको उल्लेख गर्दै उनले यसलाई सामान्य निर्वाचन नभई राष्ट्रको अस्तित्वसँग जोडिएको बताए ।

२९ माघ २०८२, बिहीबार ०९:१८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा