Play

जनताको परिवर्तनको चाहना रास्वपाले मात्र पुरा गर्छ- रास्वपा सभापति लामिछाने

गुरुकुल खबर


पोखरा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली जनताले परिबर्तन खोजिरहेको बताउंदै जनताको चाहना राष्ट्रिय स्वतन्त्र पार्टीले मात्र पुरा गर्न सक्ने दाबि गरेका छन। फागुन २१ गते हुने चुनावको प्रचारप्रचारका लागी बुधबार पोखरा आएका लामिछानेले कास्कीका तीन वटा निर्वाचन क्षेत्रका विभिन्न स्थानमा आयोजित चुनाबी सभामा आंफ्नो भनाइ राख्ने क्रममा यसपटकको चुनावपछि देशको मुहार फेरिने दाबी समेत गरेका छन् ।

लामिछाने कास्कीको निर्बाचन क्षेत्र १ अन्तर्गत तालचोक, क्षेत्र न. २ अन्तर्गत पृथ्वीचोक र क्षेत्र न. ३ अन्तरगत हेमजामा पुगेर मतदातासंग भेटघाट गर्नुको साथै मतदाताहरुलाई सम्बोधन गरेका थिए  लामिछाने ति ठाउँमा पुग्दा समर्थकहरूको बाक्लो उपस्थिति देखिन्थ्यो । रास्वपा सभापति लामिछानेले बिभिन्न ठाउमा समर्थकहरुलाई सम्बोधन गर्दै कास्कीका ३ वटै उमेदवारको उम्मेदवारको जिम्मा लिने बताए र भने’ तपाईहरुले हाम्रा उमेदवारहरुलाई जिताएर पठाउनुस, उमेदवारहरुलाई सहि बाटोमा हिँडाल्ने जिम्मा हामी लिन्छौं’।

पोखराको पृथ्वीचोकमा आयोजित भेलामा बोल्दै उनले देशमा रहेको बेथिति, भ्रष्टाचार, नातावादी र कृपावादको अन्त्य हुने पनि उनले बताए ।
देशलाई समृद्धितर्फ अगाडि बढाउन र सुशासन स्थापना गर्न रास्वपा अघि बढेको बताउँदै पुराना पार्टीले जनताका चाहना पूरा नगरेकै कारण रास्वपा जन्मेको सुनाए । स्वदेशमा नै अवसर सृजना गरी युवालाई उद्यमशील बनाउन आफ्नो पार्टी अगाडि बढेको दाबी लामिछानेको छ ।
उनले बुधबार नै कास्कीको लेखनाथको तालचोक र हेमजामा कार्यकर्तालाई सम्बोधन गरेका थिए ।

पोखराको तालचोकमा आयोजित भेलामा बोल्दै लामिछानेले पुराना दलहरूमाथि कटाक्ष गरेका थिए । ‘हामीलाई अब भाषणले होइन, परिणामले जित्नुपर्छ । तीस वर्षदेखि एउटै कथा सुन्दै आएका छौं विकास हुन्छ, सुशासन हुन्छ, गणेश जिलाई जिताएर पठाउनुहोस्, उहाँको जिम्मा लिन म यहाँ आएको हुँ,’ लामिछानेले भने । लामिछानले शिक्षा, स्वास्थ्य र स्थानीय पूर्वाधारलाई व्यवस्थित गर्न नसक्दा जनताको भरोसा कमजोर बनेको दाबी गरे । ‘राजनीति कमाउने माध्यम होइन, सेवा गर्ने जिम्मेवारी हो,’ उनले भने । हेमजामा पनि उनले यस्तै कुरा दोहोर्याएका थिए ।

रास्वपा कार्यकर्ता तथा लामिछानेका समर्थकहरुले ‘रवि दाइ हाई हाई’ गर्दै नारासमेत लगाएका थिए । सबै क्षेत्रमा उनीहरुको बाक्लो उपस्थिति थियो । पूर्व उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछानेले कास्कीका तीनवटै क्षेत्रका आफ्ना उम्मेदवारको जिम्मा लिने पनि प्रतिबद्धता व्यक्त गरे । लामिछानेले प्रत्येक कार्यक्रममा कास्की क्षेत्र नम्बर १, २ र ३ का उम्मेदवारलाई रुफटप गाडीभित्रबाटै ‘एक पटक विश्वास गरिदिन आग्रह गरेका थिए । क्षेत्र नम्बर १ मा पुग्दा गणेश पौडेल (खडकराज पौडेल), २ मा पुग्दा उत्तम पौडेल र ३ मा पुग्दा बिना गुरुङको जिम्मा पार्टीले लिने भन्दै उनले एक पटक रास्वपालाई विश्वास गरेर हेर्न मतदातालाई आग्रह गरे । ‘एक पटक जिताएर पठाउनुहोस् । काम गर्न सकेनौं भने अर्को पटक भोट माग्न आउँदैनौं,’ लामिछानेले तीन वटै क्षेत्रमा पटकपटक यो भनाइ दोहोर्याएका थिए ।

लामिछाने दिउँसो १ बजे बेगनासतालमा पुगेका थिए । त्यसपछि पोखरा २५ हेम्जा मिलनचोक पुगे । त्यसपछि पोखरा चिप्लेटुंगाका लागी तयार गरिएको भेटघाट रद्द गरेर पृथ्वीचोकमा गरिएको थियो । चिप्लेढुंगामा यसअघि नेपाली कम्युनिष्ट पार्टीको सभामा स्थानीय व्यापारीले अवरोध गरेका थिए । लामिछानेको सभामा पनि अवरोध गर्ने छनक पाएपछि रास्वपा कार्यकर्ताले भेटघाटको कार्यक्रम पृथ्वीचोकमा गरेका हुन् ।

२९ माघ २०८२, बिहीबार ०९:०४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा