Play

डायमण्ड माबिको बार्षिकोत्सवमा डायमण्ड मेला र पठन महोत्सब समेतका कार्यक्रम सम्पन्न

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वडा न. २७, तालचोकस्थित डायमण्ड सेकेन्डरी स्कूलमा ,रेडी टुडे, लिड टुमारो, भन्ने मूल नारासहित तीन दिनसम्म संचन हुने शैक्षिक, साहित्यिक तथा सांस्कृतिक कार्यक्रम ‘पठन महोत्सव २०८२’ जारी छ।

पठन महोत्सव सहित डायमण्ड मेला र बिधालयको ३८औँ वार्षिक उत्सव समेत संयुक्त रुपमा आयोजित  कार्यक्रम अन्तर्गत पहिलो दिन पठन महोत्सवको औपचारिक उद्घाटन गरिएको थियो । १० मिनेटको सामूहिक रिड अलाउड सेसन सहित समाबेश गरिएको कार्यक्रममा साहित्यकार डा. नवराज लम्सालको ‘बुक टक सो’ र समुहगत छलफल सम्पन्न भएको थियो भने शिव त्रिपाठीले गरेका कविता वाचनले सहभागीलाई मनोरंजन दिलाएको थियो।

नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूका लागि छुट्टै कार्यक्रम र कक्षा ४ देखि कक्षा १२ सम्मका विद्यार्थीहरूका लागि अर्को कार्यक्रम सञ्चालन गरिएको थियो । कक्षा स्तरअनुसार पुस्तक समीक्षा, कविता वाचन, परियोजना प्रस्तुति, समाचार वाचन, भाषा खेल, समूह वाचन तथा अभिभावक अनुभव आदान–प्रदान जस्ता गतिविधिहरू विद्यालयका विभिन्न स्थानहरूमा सञ्चालन गरिएका थिए।

कार्यक्रमको दोस्रो दिन डायमण्ड मेला सम्पन्न भएको छ। मेलामा शैक्षिक, खेलकुद तथा मनोरञ्जनात्मक स्टलहरू राखिएका थिए। मेलाको सभापतित्व हरिप्रसाद लामिछानेले गरेका थिए भने वाटर फ्रन्ट रिसोर्टका रेसिडेन्ट म्यानेजर अमृत बिक, बिधार्थी रितिक गुरुङ, सञ्जीव थापा, नारायण वाग्ले लगायतले कार्यक्रमको बिबिध पक्षबारेमा जानकारी गराएका थिए।

मेलामा सांगीतिक प्रस्तुति अन्तर्गत बिभिन्न ब्यान्डका तर्फबाट ड्रममा सिसन क्षेत्री, गिटारमा आसिम आले र ओस्कार गुरुङ, बासमा रितेन गुरुङ, तथा विशाल पाण्डेले प्रस्तुति दिएको शिक्षक राजन परियारले बताए।

मेलामा कक्षा ११ र १२ का होटल म्यानेजमेन्ट संकायका विद्यार्थीहरूले मम, चाउमिन, जुजु धौ, नेवारी खाजा, पेस्ट्रीलगायतका परिकार सहितका खाद्य स्टल सञ्चालन गरेका थिए भने विद्यार्थीहरूद्वारा सञ्चालित खेल, हस्तकला तथा मनोरञ्जनात्मक स्टलहरूले मेलालाई आकर्षक बनाएको थियो। कार्यक्रम संयोजक अर्जुन अधिकारीका अनुसार मेलाबाट करिब ६ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

कार्यक्रम अन्तर्गत तेस्रो दिन आज शनिबार ३८औँ वार्षिक उत्सव तथा पुरस्कार वितरण समारोह हुँदैछ।

  • राजन परियारबाट

२४ माघ २०८२, शनिबार ०८:०२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा