पोखरा, मदिरा व्यवासायी समिति कास्कीको १४ औँ साधारण सभा पोखरामा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै मदिरा व्यवासायी महासंघका अध्यक्ष सोनामा शेर्पाले इमान्दर रुपमा ब्यबसाय संचालन गरेका मदिरा व्यवसायीलाइ राज्यले हतोत्साही गर्ने कार्य स्विकार्य नहुने बताए । मदिरा व्यवसायीलाई हेर्ने दृष्टिकोण नकारात्मक रहेको छ ।
राज्यलाई सबैभन्द बढि राजश्व तिर्ने व्यवसायीलाइ नै राज्य र नागरिक समाजले हेर्ने नजर परिवर्तन गर्नुपर्छ । अबैध रुपमा आयात हुने मदिरामा राज्यले रोक लगाउन नसक्ने तर इमान्दार ब्यबसायीहरु भने नागरिक र राज्यको चेपुवामा पर्ने गरेको शेर्पाले बताए ।

कार्यक्रममा बोल्दै मदिर व्यवसायी महासंघका केन्द्रीय सल्लाहकार तारानाथ ढुङ्गानाले विक्रेताहरुलाई उचित मुनाफाको सुनिश्चित हुनुपर्ने बताए । डिलर र बिक्रेताले पाउने मार्जिनका लागि महासंघले पहल गरिरहेको बताउदै ढुङ्गानाले कारोवारको रकम ठुलो देखिए पनि मार्जिन कम हुदाँ व्यवसायीहरु विस्थापित हुने अवस्था आउन सक्ने बताए।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले दर्ता भएर संचालन भैरहेका र राज्यलाई कर तिर्ने व्यवसायीको राज्यले संरक्षण गर्न नसकेको बताए । घरेलु मदिराको व्यवस्थापनको लागि संघले गण्डकी प्रदेश सरकारसग समन्वय गरीरहेको सुनाए ।
चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज वास्तोलाले व्यवसायी मैत्री कानुन नहुदाँ व्यवसायीहरु अप्ठ्यारोमा परेको भन्दै व्यवसायीहरु एकमत भएर अगाडी बढ्नुपमा जोड दिए । राज्यले निर्माण गर्ने नीति व्यवसायी मैत्री नहुदाँ उद्योग व्यवसायीले भाडा तिर्न नसक्ने अवस्था सिर्जना भएको बास्तोलाको भनाई थियो ।
मदिरा व्यवसायी समिति कास्कीका अध्यक्ष कृष्णबहादुर भाटले पोखरा–१७ मा समितिको नाममा रहेको जग्गामा भवन बनाउन लागिएको जानकारी दिए । समितिका सदस्यहरुको स्वास्थ्य उपचारलाई मध्यनजर गदै स्वास्थ्य परिक्षण र उपचारमा छुट हुने गरी विभिन्न स्वास्थ्य संस्थासंग संझौता गरिएको पनि उनले जानकारी दिए ।
कार्यक्रममा समितिको आजिवन सदस्यता लिने ६३ जनलाई आजिवन सदस्यताको प्रमाण पत्र वितरण गरिएको थियो । समितिमा २ सय साधाण सदस्य र १ सय ५० जना आजिवन सदस्य रहेको समितिका महासचिव श्रीराम पोखरलले जानकारी दिए ।
मदिरा व्यवसायी समिति कास्कीका बरिष्ठ उपाध्यक्ष नेत्र ढुङ्गानाले सदस्यहरुका लागि करदाता शिक्षा, रक्तदान कार्यक्रम, सरसफाई, मानव सेवा आश्रमलाई सहयोग लगायतका कार्य समितिले गरेको जानकारी दिए ।
समितिका अध्यक्ष कृष्णबहादुर भाटको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका संस्थापक अध्यक्ष संजिवबहादुर कोइराला, मदिरा व्यवसायी समिति गण्डकीका अध्यक्ष गोविन्द केसी, मदिरा व्यवसायी समिति कास्कीका निवर्तमान अध्यक्ष सुरेश घिमिरे, मदिरा व्यवसायी समिति रुपन्देहीका अध्यक्ष बाबुलाल ज्ञवाली र प्लाष्टिक व्यवसायी संघ, कास्कीका अध्यक्ष परशुराम पोखरेलले आआफ्नो भनाई राखेका थिए। साधारण सभाले महासचिव श्रीराम पोखरेलले प्रस्तुत गरेको महसचिवको प्रतिवेदन र कोषध्यक्ष कृष्ण पोखरेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।















