Play

पोखराको नागढुङ्गा आमा समूहको रजत बर्ष, संस्थालाई सहयोग गर्नेहरुको सम्मान

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका-९ स्थित नागढुङ्गा आमा समूह २५ औँ वर्षमा प्रवेश गरेको अबसरमा समुहले बिशेष कार्यक्रम आयोजना गरेर आंफ्नो रजत बर्ष मनाएको छ। समूहका पूर्व अध्यक्षहरू पवित्रा गिरी, कमला गिरी, कमला केसी बोगटी, पोखरा महानगरपालिका वडा नम्बर ९ का वडा सदस्य नन्दराम गिरी, समूहका सल्लाहकार दुर्गाराज गिरी, नागढुङ्गा टोल विकास संस्थाका अध्यक्ष विष्णुप्रसाद सुवेदी, नागढुङ्गा आमा समूहका संस्थापक सनमाया गुरुङ लगायतले संयुक्त रूपमा केक काटेर शुभकामना साटासाट गर्दै रजत बर्ष मनाएका हुन् ।

रजत जयन्ती मनाउने क्रममा संस्थाको स्थापनाकालदेखि अहिलेसम्मका आरोह अवरोह स्मरण गरे । संस्था स्थापनामा स्वर्गीय गणेशमान पालिखे, स्व.भगवती राजभण्डारी, स्व.इमा गिरी लगायतले पुर्याएको योगदानको चर्चा गरियो । त्यसैगरी समूहका संस्थापक अध्यक्ष पवित्रा गिरीले संस्था स्थापना गर्दाका संघर्षहरूको स्मरण गर्दै स्थापना कालमा आफूहरूसँग हातेमालो गर्नुहुने समाजसेवी गुरुदत्त लामिछाने, मनुमाया लामिछाने, स्व.खिना लामिछाने लगायतको योगदान स्मरण गरेकी थिईन।

समूहका निवर्तमान अध्यक्ष कमला केसी, लक्ष्मी गिरी लगायतले आफ्ना कार्यकालमा भए गरेका गतिविधिको चर्चा गर्दै बर्तमान कार्यकालसँगै आगामी दिनहरूमा आमा समूहको यात्रा गतिशील बन्ने विश्वास व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका जनप्रतिनिधि वडा ९ का सदस्य नन्दराम गिरीले नागढुङ्गाको ओरालो, भिरालो खेर गएको टुक्रो जमिनको उचित संरक्षण गर्दै आमा समूहले सुविधायुक्त भवन निर्माण गर्न सफल भएको भन्दै खुसि व्यक्त गरे ।  संस्थाका अध्यक्ष कमला श्रेष्ठले आफूलाई यस समूहमा आबद्ध गराउन प्रेरणा प्रदान गर्नुभएका सनमाया गुरुङलाई धन्यवाद ज्ञापन गर्दै विगत लामो समयदेखि यो समूहमा आफ्नो आबद्धता र हालसम्मका क्रियाशीलताका बारेमा चर्चा गरिन।

यसैबीच रजत जयन्ती समारोहकै अवसरमा समूहले अक्षय कोष स्थापनाको घोषणा समेत गरेको छ । अक्षय कोषका लागि एयरपोर्ट टोल विकास संस्थाका पूर्व अध्यक्ष समेत रहेका श्यामबहादुर श्रेष्ठले नगद रु. १० हजार प्रदान गर्दै अक्षय कोषको सुरुवात गरेका थिए । समारोहमा आमा समूहका संस्थापक अध्यक्ष पवित्रा गिरी, संस्थापक सदस्य सीता गिरी, वडा सदस्य नन्दराम गिरीले पनि अक्षय कोषका लागि जनही पाँच/पाँच हजार रुपैया सहयोग गर्ने घोषणा गरे ।

सोही समारोहमा पोखरा महानगरपालिका वडा नम्बर ९ को आयोजना नागढुंगा आमा समूहको संयोजनमा सम्पन्न धुप बनाउने दुई दिने तालिमका प्रशिक्षक गीता पगेनीलाई धन्यवाद सहित सम्मान गरिएको थियो । तालिममा समूहका झण्डै दुई दर्जन महिला सदस्यले सहभागिता जनाएका थिए । समूहका सचिव पुष्पा गिरीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष सीमा लामिछानेले स्वागत मन्तव्य राखेको स्थानीय बिनोद लामिछानेले गुरुकुल खबरलाई जानकारी दिए ।

८ माघ २०८२, बिहीबार २०:३६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा