पोखरा, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका मेडिकल ब्यबसायी दुर्गा प्रसाईंलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ। पोखरामा आयोजित एक कार्यक्रममा सहभागी भएकै बेला उनलाई पक्राउ गरिएको थियो ।
कास्कीका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायब उपरिक्षक हरिबहादुर बस्नेतले प्रसाईंलाई पक्राउ गरिएको गुरुकुल खबरलाई जानकारी दिए। ‘काठमाडौँबाट पक्राउ अनुमति आए पछि हामीले त्यसलाई नै कार्यान्वयन गरेका हौँ,’ कास्कीका प्रहरी प्रबक्ता बस्नेतले भने ।
पोखरामा पक्राउ परेका प्रसाईंलाई आबश्यक अनुसन्धानको लागि काठमाडौँ पठाइने प्रहरीको भनाइ छ । नेपाली कांग्रेसको बिशेष महाधिबेशन सम्पन्न भएर पार्टी भित्र आआधिकरिकताको बिबाद चलिरहेको बेला प्रसाईंले निर्वाचन आयोगले करोडौँ रुपैयाँ लिएर गगन थापा पक्षलाई आधिकारिकता दिएको आरोप लगाएका थिए ।
प्रसाईंको यो अभिव्यक्तिपछि निर्बाचन आयोगको तर्फबाट प्रसाईंविरुद्ध प्रहरीमा उजुरी परेपछि प्रहरीले उनलाई पोखरा आएको समयमा नियन्त्रणमा लिएको बताइएको छ।















