Play

पोखरा – १५ तल्लो जनशक्ति टोलले गणेश पुराण महायज्ञ गर्ने

गुरुकुल खबर


पोखरा महानगरपालिका १५ तल्लो जनशक्ति टोल नयाँ गाउँले गणेश महापुराण तथा धन– धान्याञ्चल ज्ञान महायज्ञ – २०७८ गर्ने भएको छ ।आगामी मंसिर २६ गतेदेखि पुस ४ गतेसम्म जनशक्ति टोलमा महायज्ञ गर्न लागिएको हो ।

दिग्दर्शक वाचक शिरोमणि पण्डित दीपक सापकोटा मुखार विन्दुबाट हुने गणेश गणेश महापुराण तथा धन–धान्याञ्चल ज्ञान महायज्ञको तयारी ६० प्रतिशत बढि सकिएको छ । शनिबार पत्रकारसम्मेलन मार्फत महायज्ञको बारेमा जानकारी दिदैँ महायज्ञ आयोजना कार्यक्रमका महासचिव हरी कार्कीले क्लबले विभिन्न ८ उदेश्य सहित महायज्ञ गर्न लागेको जानकारी दिए ।

लामो समय कोरोना महामारीले मानसिकतामा असर परिरहेका कारण उक्त असर निवारण गर्नका लागि समेत धार्मिक कार्य गर्न लागेको बताए । उनले विशेष गरी बहुउदेश्यीय भवन निमार्ण गर्ने लक्ष्य रहेको बताए । कार्कीले महायज्ञमा आउने सहयोगले जेष्ठ नागरिक केन्द्र व्यवस्थापन, नगर स्तरीय केन्द्र व्यवस्थापन, नगर स्तरीय पुस्तकालय निमार्ण, शिक्षा, रोजगार, कृषि लगायत प्रशिक्षण कक्ष निमार्ण, पुराना सामाग्री प्रदर्सन कक्ष, नगर स्तरीय सहकारी कक्ष, असाहय अशक्त आदिलाई खाद्यान्न स्वास्थ्य तथा शिक्षामा सहयोग कोर्ष निमार्ण गर्न तथा आधुनिक टोल निमार्ण गर्नका लागि महायज्ञको आयोजना गर्न लागिएको जानकारी दिए ।

यस्तै तल्लो जनशक्तिटोल विकास संस्थाका अध्यक्ष मनहरी सुवेदीले समाजमा केहि गर्न सकिन्छ की भन्ने हेतुले महायज्ञको आयोजना गर्न लागेको बताए । उनले हिन्दुहरुको परम्परा तथा धार्म संस्कृतिलाई समेत अहिलेका पुस्ताहरुलाई जानकारी र सकरात्मक सोच दिनका लागि महायज्ञ पवित्र कार्य हुने बताए । मानिसहरुलाई अनुशासनमा राख्ने काम धर्मलेमात्रै गर्न सक्ने उनको भनाइ थियो ।

यस्तै तल्लो जनशक्ति टोल आमा समूहकी अध्यक्ष एलिना पराजुलीले महायज्ञको पूवसन्ध्यामा प्रचार प्रसार गर्न निशुल्क स्वास्थ्य सिविरको आयोजना गरेको बताइन् । उनले वडामा मात्रै नभई महानगर भित्रका सबै आमा समूह तथा क्लबहरुसंग सहकार्य गर्ने बताइन् । शिविरमा ३२ जनाले सेवा लिएको आमा समूहकी कोषाध्यक्ष कमला शाहीले जानकारी दिइन् ।

आमा समूहले देउसी भैलो देखि टोलमा हुने विभिन्न विवाह तथा शुभ कार्यबाट संकलन गरेको रकम समेत महायज्ञ जस्तो पुण्य काममा खर्चिन पाउँदा खुसी लागेका बताइन् ।
मंसिर २६ गते विहान यज्ञस्थलबाट शोभा यात्रा सहित कार्यक्रम उद्घाटन हुनेछ । २७ गते देखि पुस ४ गतेसम्म सप्ताहव्यापी दैनिक कार्यक्रम हुनेछन् ।

२० मंसिर २०७८, सोमबार १४:२६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा