Play

कवि शिरोमणि पौडेलको जन्मजयन्ती तिन दिन मनाइंदै, पौडेलको बारेमा बिधाबारिधि गर्ने ढकाललाई सम्मान

गुरुकुल खबर


लेखनाथ, कविशिरोमणि लेखनाथ पौडेलको १ सय ४२ औं जन्मजयन्ती तिन दिनसम्म बिभिन्न कार्यक्रमका साथ मनाइंदै छ । यसै क्रममा आइतबार लेखनाथ काव्य परिचर्चा, खुल्ला कविता प्रतियोगिता तथा विद्यालयस्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको लेखनाथबाट विष्णुहरी पौडेलले जनाएका छन ।

नेपाल सगीत तथा नाट्य प्रतिष्ठानका पूर्व कुलपति साहित्यकार सरुभक्तले कार्यक्रमको प्रमुख अतिथिको रुपमा कवि लेखनाथका कविता संगै उनको व्यक्तित्व र कृतित्वबारेमा चर्चा गरेका थिए। कार्यक्रममा लेखनाथका कवितामा अद्वैत बेदान्त दर्शन शीर्षकमा विद्यावारिधी गरेका डा. बोधराज ढकाल, संस्कृत क्याम्पस पोखराका पूर्व क्याम्पस प्रमुख डाक्टर जगन्नाथ रेग्मी, साहित्यकार नारायण मरासिनी लगायतले पौडेलको साहित्यिक जिबनमाथि चर्चा गरेका थिए।

लेखनाथ लायन्स क्लबका अघ्यक्ष लायन बोधराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालले स्वागत मन्तब्य ब्यक्त गर्ने क्रममा पनि लेखनाथका कविता सुनाए । त्रिदिवसीय कार्यक्रम अन्तर्गत पौष १४ गते कविशिरोमणि जन्मस्थल सरसफाइ, पौष १५ गते अर्चलेमा मूल समारोह हुनेछ । लेखनाथ उद्योग बाणिज्य संघ ,लेखनाथ पत्रकार मञ्च ,लेखनाथ लायन्स आमा समूहहरू, युवा क्लब, बेगनास ताल बस संचालक समिति कार्यक्रमको सह–आयोजक रहेका छन् ।

विद्यालयस्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगितामा लक्ष्मी आदर्शकी मनिषा खनाल प्रथम, रिलायन्स पब्लिककी निष्ठा भट्टराई द्वितीय, लिटल फ्लावरकी सुदिक्षा पौडेल र जेसिएकी सुरक्षा बरालले तृतीय स्थान हाँसिल गरेका छन। राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगितामा छन्दतर्फ रामलाल कुमाल प्रथम, प्रेमनारायण ढकाल द्वितीय, श्रीधर पाण्डेय र कृष्णप्रसाद पौडेलले तृतीय स्थान हाँसिल गरेका थिए। गद्यतर्फ केनिका गिरी प्रथम, उमाकान्त पोखरेल द्वितीय र सुदिना पौडेलले तृतीय स्थान हाँसिल गरेका थिए।

यसैबीच, कवि शिरोमणि लेखनाथ पौड्यालको कवित्वमाथि विद्यावारिधि गरेका डा. बोधराज ढकाललाई लेखनाथ महोत्सवमा सम्मान गरिएको छ महोत्सब अन्तर्गत शनिबार आयोजित साहित्यिक कार्यक्रममा उनलाई अभिनन्दन गरिएको हो । उनको विद्यावारिधिको शीर्षक ‘लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन’ थियो । उनले नेपाल संस्कृत विश्वविद्यालयबाट यो उपाधि हासिल गरेका हुन् ।

ढकालको जन्म स्याङ्जाको आँधीखोला–६ मा भएको हो । उनी हाल पोखरा–८ सिमलचौरमा बसोबास गर्छन् । उनी त्रिभुवन विश्वविद्यालय अन्तर्गत पृथ्वीनारायण क्याम्पसमा प्राध्यापन गर्छन् । उनले नेपाली वाङ्मयका विविध विधामा योगदान दिएका छन् । उनका विभिन्न अनुसन्धानमूलक तथा समीक्षात्मक कृतिहरु प्रकाशित छन् । उनले सोध निर्देशन जस्ता महत्वपूर्ण प्राज्ञिक कार्यहरु पनि गरेका छन् ।

कार्यक्रममा महोत्सव मूल संयोजक जानुका अधिकारीले ढकाललाई अभिनन्दन पत्र प्रदान गर्दै कबि शिरोमणीको बारेमा बिद्याबारिधि गर्नु पौडेलप्रतिको सम्मान भएको बताइन् । साहित्यकार एवं संस्कृतिविद् प्राडा कुशुमाकर न्यौपानेले नेपाली भाषा र साहित्यमा ढकालको योगदानको कदर भएकोमा खुसी व्यक्त गरे ।

अभिनन्दित स्रष्टा बोधराज ढकालले यस सम्मानबाट आफूलाई थप प्रेरणा मिलेको बताए । कार्यक्रममा लेखनाथ उधोग बाणिज्य संघका पूर्व अध्यक्ष छत्रधर आत्रेयले पौड्यालको साहित्यिक योगदानको स्मरण गरे । संस्कृत क्याम्पस पोखराका पूर्व क्याम्पस प्रमुख प्राडा जगन्नाथ रेग्मीले पनि कवि शिरोमणिको सम्झना गरे ।

कार्यक्रमको सञ्चालन साहित्यिक उप–समिति संयोजक कृष्णप्रसाद ढुंगानाले गरेका थिए । लेखनाथ पत्रकार मञ्चका अध्यक्ष एवं साहित्यिक उप–समिति सदस्य विष्णुहरि पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा पोखरा साहित्य प्रतिष्ठानका स्थापनाकालीन अध्यक्ष पदमराज ढकालले स्रष्टा परिचय गराएका थिए  समारोहमा कवि लेखनाथसँग सम्बन्धित हाजिरीजवाफ पनि गराइयो । प्रश्नका सही उत्तर मिलाउने ७ जनालाई पुरस्कृत गरिएको छ । उनीहरुलाई जनही १ हजार रुपैयाँ प्रदान गरियो । महोत्सवका अन्य नियमित कार्यक्रमहरु यथावत रुपमा सञ्चालन भइरहेका छन् ।

१४ पुष २०८२, सोमबार ११:३४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा