Play

एनप्याब्सन कास्कीको दोस्रो बालप्रतिभा पहिचान महोत्सव शुरु, क्रिकेटमा कास्की मोडनाईज्ड बिजयी

गुरुकुल खबर


पोखरा, नेसनल प्याब्सन, कास्कीको आयोजनामा बुधबार देखि दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव– २०८२ शुरु भएको छ । महोत्सव मंसिर २६ गते सम्म पोखरा प्रदर्शनी केन्द्रमा चल्ने छ । प्रतियोगितामा एन प्याब्सन कास्कीमा आवद्ध ४३ वटा विद्यालयका १ हजार ५ सय विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धागर्ने भएका छन । विजेता विद्यालय तथा विद्यार्थीलाई ट्रफि मेडल प्रदान गरिने छ ।

बाल प्रतिभा पहिचान अन्तर्गत सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि, हस्तकला अन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामग्रीहरु र अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिता रहेको छ । अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले सहभागिता जनाउने छन् भने अन्य प्रतियोगितामा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुको सहभागिता जनाउने छन्।

महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले वाल वालिकाको क्षमता उजागर गर्ने काम यस महोत्सवले गरेको बताए । ‘वाल वालिकामा हुने हरेक खालका प्रतिभाका वारेमा राज्य, परिवार र विद्यालय मिलेर उजगर गर्ने काम गर्नु पर्दछ’ उनले भने उनले कितावी ज्ञान मात्र नभई व्यवहारीक ज्ञानमा पनि वालवालिकालाई सरिक गराउनु पर्ने उल्लेख गरे ।

नेसनल प्याब्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपानेले एन प्याब्सन कास्कीले गरेका हरेक गतिविध उत्कृष्ट रहेको बताए । ‘हरेक विद्यार्थीले केहि न केहि क्षमता लिएर आएका हुन्छन्, ती प्रतिभा पहिचान गर्न सके मात्र हरेक विद्यार्थी आफ्नो क्षत्रमा विशिष्टता गर्नेछन्’ उनले भने, ‘यस्तै एक ठाउँमा विविध खालका कार्यक्रमको आयोजना गरेर एन प्याब्सन कास्कीले विद्यार्थी क्षमता उजागर गर्ने काम गरेको छ ।’ उनले अवको शिक्षा जिवन, जगत र प्रविधिसँग जोडिने खालको हुनु पर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश पोखराका निर्देशक भाष्करराज पन्त, नेसनल प्याब्सनका केन्द्रीय महासचिव प्रकाश खड्का, हिसान कास्कीका अध्यक्ष दिवाकर जैसी, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल र वड्स एकेडेमीकी छात्रा नितु भण्डारीले बोलेका थिए । महोत्सव कास्की तथा छिमेकेकी जिल्लाका निजि तथा सामुदायिक विद्यालयका विद्यार्थी, अभिभावकले समेत अवलोकन गरेका छन् ।

यसैबीच, एन प्याब्सनले आयोजना गरेको क्रिकेट प्रतियोगिताको उपाधि कास्की मोडर्नाइज्ड एकेडेमीले हात पारेको छ । मंगलबार भएको फाइनल खेलमा त्रिबेणी पब्लिक माविलाई १९ रनले पराजित गर्दै कास्कीले उपाधि चुमेको हो । गत वर्षबाट एन प्याब्सन कास्कीले क्रिकेट प्रतियोगिता शुरु गरको थियो। जसमा गत वर्ष पनि कास्की र त्रिबणी फाइनलमा पुग्दा कास्की विजेता बनेको थियो ।

टस जितेर फिल्डिङ रोजेको त्रिबेणीले कास्कीलाई ब्याटिङको निम्ता दिएको थियो । ब्याटिङमा उत्रिएको कास्कीले १० ओभरमा ७ विकेटको क्षतीमा ६६ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको त्रिबेणीले १० ओभरमा ९ विकेटको क्षतीमा ४६ रन बनाएको थियो । उक्त प्रतियोगितमा ज्ञानज्योति विद्याकुञ्ज मा.वि. नेसनल क्रिएसन एकेडेमी तृतीय भए ।

प्रतियोगितामा कक्षा १ देखि १० सम्मका विद्यार्थीले सहभागिता जनाएको थिए । खेलकुद प्रतियोगिता मंसिर २० देखि २३ गते सम्म पोखरा रङ्गशालामा भएको थियो । कक्षा ११, १२ को फुटसल प्रतियोगिताको उपाधि न्यू ग्यालेक्सी जितेको छ । एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनकाजी गुरुङले स्वागत र सचिव प्रेमराज अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

२४ मंसिर २०८२, बुधबार १९:४० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा