Play

समाजसेवामा पोखरा लेडी जेसीजको सक्रियता उदाहरणीय : मन्त्री थापा

गुरुकुल खबर


गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले समाजसेवामा पोखरा लेडी जेसीजको सक्रियता उदाहरणीय रहेको बताउनुभएको छ । विहिबार “जेसीज सप्ताह—२०२१” को समापन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री थापाले प्रशासनिक, राजनीतिक र सामाजिक क्षेत्रमा महिलाहरु अग्रसर भएर खेलेका भूमिकाहरु सफल रहेको समेत उल्लेख गर्नुभयो । नेतृत्व विकासमा लेडिज जेसिजले उदाहरणीय काम गरेको मन्त्री थापाको भनाई रहेको छ । उहाँले सामाजिक सेवा र विकास निर्माणका कार्यमा लेडीज जेसीज लगायतका सामाजिक संस्थासँग साथमा रहेर आफु काम गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

सरकारले गर्नुपर्ने सामाजिक सेवाका कार्य संघसंस्था बाट हुनु सह्रानिय भएको भन्दै मन्त्री थापाले समाजमा भएका विसंगतीहरुका विरुद्ध आवाज उठाउन र महिला सशक्तिकरणका लागि लक्षित हुन आग्रह गर्नुभएको छ ।

जेसीज सप्ताह अन्तर्गत पहिलो दिन भदौ ४ गते “प्रभावकारी भाषण कला तालिम” सम्पन्न भएको थियो । यस्तै दोस्रो दिन भदौ ५ गते “विद्यालय स्तरीय वतृत्वकला कार्यक्रम”, तेस्रो दिन भदौ ६ गते “विरामी कुरुवालाई कुर्ची तथा अन्य सामाग्री वितरण कार्यक्रम”, चौथो दिन भदौ ७ गते “सकरात्मक सोच एवं जीवन परिवर्तन तालिम”, पाँचौ दिन भदौ ८ गते “खाद्यन्न तथा अति आवश्यक सामाग्री वितरण कार्यक्रम”, छैठौं दिन भदौ ९ गते “मन्टेश्वरी स्तरीय चित्रकला कार्यक्रम” र सातौं दिन भदौ १० गते “मठ मन्दिरमा आवश्यक सामाग्री वितरण तथा समापन कार्यक्रम” गरिएको “जेसीज सप्ताह —२०२१” की मूल संयोजक जेसी लक्ष्मी कुँवर (लता) ले जानकारी गराउनुभयो। वि.स २०४६ साल असार ५ गते महिलाहरुलाई व्यत्तित्व र नेतृत्व विकासमा अग्रसर बनाउनुपर्छ भन्ने उद्देश्य स्वरुप जेसीआई पोखरा लेडीको स्थापना गरिएको हो ।

१३ भाद्र २०७८, आईतवार १५:५० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा