Play

नमुना आदर्श आमा समूहको १८औं साधारण सभा सम्पन्न

गुरुकुल खबर


पोखरा । पोखरा महानगरपालिका वडा नं। ५ मा रहेको नमुना आदर्श आमा समूहको १८औं साधारण सभा सम्पन्न भएको छ । शनिबार फिर्के तमु समाज घरमा पछिल्लो एक वर्षमा गरिएको कार्य विवरण प्रस्तुतीसँगै सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा वडा नं ५ का जनप्रतिनिधि उज्वल खत्रीले नमुना आमा समूहको एकता अरुको लागि प्रेरणा हुन सक्ने बताएका छन् । सदस्यबीच एक आपसमा कुरा नमिल्दा एकतालाई भंग गरि नयाँ समूह गठन गरिने नराम्रो प्रचलनलाई सदैव त्याग्नुपर्ने उनको भनाई थियो । वडाले विभिन्न आमा समूह, युवा क्लव, संघसंस्थाका कार्यहरुलाई निगहरानी गरिरहेको समेत उनले बताए । साथै अहिलेको अवस्थामा स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्न सबैलाई आग्रह खत्रीले गरेका छन् ।

नमुना जनज्योति टोल विकास समितिका अध्यक्ष भेक बहादुर थापाले उक्त आमा समूहले गरेका कार्यको प्रंशसा गर्दै सामाजिक कार्यलाई अझ प्रभावकारीरुपमा लाग्न आग्रह गरे । त्यसैगरि जनप्रिय टोल विकास समितिका अध्यक्ष मात्रिका प्रसाद लम्सालले कोभिड महामारीमा सबैलाई सजग रहि कार्य गर्न आग्रह गरे ।

अभियान युवा क्लवका अध्यक्ष राजु गिरीले सामाजिक कार्यका लागि युवा क्लवको साथ र सहयोग सदैव रहने प्रतिवद्धता व्यक्त गरे ।
नमुना आदर्श आमा समूहकी अध्यक्ष नेत्रमाया अधिकारीले सबैको सुझाव सल्लाहअनुरुपनै समूहले कार्य अगाडी बढाइएको जानकारी दिइन् । साथै अहिले कोभिडका कारण आफ्ना निरन्तर सामाजिक कार्यलाई अगाडी बढाउन नसकिएकोमा क्षमा माग्दै सबै सजग रहन आग्रह गरिन् ।

कार्यक्रम सफलताको शुभकामना समूहकी निवर्तमान अध्यक्ष तारा आचार्य, संस्थापक हरिकला अधिकारी, सदस्य कमला सुनारलगाएतले दिएका थिए । सभामा समूहलाई योगदान पुराउने व्यक्तिलाई दोसल्लासहितको सम्मान गरिएको थियो ।

साधारण सभामा सचिवको प्रतिवेदन समूहकी सचिव अञ्जली खत्री र आर्थिक प्रतिवेदन समूहकी कोषाध्यक्ष शान्ता गिरीले प्रस्तुत गरेकी थिइन् । दुवै प्रतिवेदन सभाले पास समेत गरेको छ ।
२०६१ सालमा स्थापित उक्त आमा समूहमा अहिले ९० जना महिला सक्रियताका साथ लागेका छन् ।

१३ भाद्र २०७८, आईतवार १५:४२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा