पोखरा, नेपाली काँग्रेस पोखरा महानगर कार्यसमितिको आयोजनामा नागरिक शिक्षा कार्यक्रम गरिने भएको छ।
“प्रत्यक्ष निर्बाचित कार्यकारी भन्दा संसदीय लोकतन्त्र किन राम्रो हुन्छ ? नियमनयुक्त अर्थतन्त्र भन्दा किन उदार अर्थतन्त्र राम्रो हुन्छ ? समजबाद र सामाजिक सुरक्षा बिचको फरक के हो र बैदेशिक नीतिलाई पुनर्विचार गर्न किन आबश्यक छ” भन्ने बिषयमा विश्लेषक अरुण कुमार सुबेदीले प्रस्तुती दिने गरि उक्त कार्यक्रम गर्न लागिएको हो ।
नेपाली कांग्रेस पोखरा महानगरसमितिका सचिब तथा कार्यक्रम संयोजक गणेशबहादुर थापाले गुरुकुल खबरलाई दिएको जानकारीअनुसार आगामी शनिबार पोखरामा हुने उक्त कार्यक्रममा विभिन्न राजनीतिक दल सहित बिभिन्न क्षेत्रका व्यक्तित्व सहभागिता रहनेछ।
९ मंसिर २०८२, मंगलवार ०८:२३ मा प्रकाशित


















