Play

कुमुदिनी होम्समा खुला गायन प्रतियोगिता

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका- ४ मा अवस्थित यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयमा तहगत रूपमा खुला गायन प्रतियोगिता सम्मन्न  भएको छ । विद्यालयको वार्षिक कार्यतालिकाअनुसार बिहीवार कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरूको गायन प्रतिभा उजागर गर्ने उद्देश्यले विभिन्न चरणमा कार्यक्रम सम्पन्न भएको छ ।

पहिलो चरणको कक्षा १ देखि ४ सम्मको प्रतियोगितामा कक्षा ३ (ग) की काव्या गुरुङ प्रथम, कक्षा २ (क) को एड्रिन पोख्रेल द्वितीय  र कक्षा ४(ग) को अर्नभ जोशीले तृतीय स्थान हासिल गरेका छन् । पहिलो चरणको कार्यक्रम शिक्षिका चन्दना गुरुङले सञ्चालन गरेकी थिईन ।

दोस्रो चरणको कक्षा ५ देखि ७ सम्मको गायनमा कक्षा ७ (ग) की ग्रेसी गुरुङ प्रथम , कक्षा ५(ख) की एलेक्सिस भण्डारी द्वितीय र कक्षा ७ (ख) को रिदम सुनार तृतीय भएका थिए । त्यस्तै तेस्रो चरणको कक्षा ८ देखि १२ सम्मको गायनमा कक्षा ११ विज्ञान संकायकी नौरिन मिन्नात प्रथम, कक्षा १२ विज्ञान संकायकै अर्जुन विश्वकर्मा द्वितीय र कक्षा १० (क) की  प्रिसुता गुरुङले तृतीय स्थान हासिल गरेकी थिइन् ।

कार्यक्रम अवधिभर कलाकार मिलन गुरुङ र ममता गुरुङले निर्णायकको भूमिका निर्बाह गरेका थिए। पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै शिक्षक मन बहादुर भुजेलले विजयी विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै यस्ता खालका कार्यक्रमले विद्यार्थीमा निहित गायन प्रतिभाको उजागर गर्न सघाउ पुग्ने कुरा बताए ।

शिक्षक सुरेन्द्र सदिच्छाले सञ्चालन गरेको गायन कार्यक्रममा ८० जना विद्यार्थीहरूले सहभागिता जनाएको कुरा कार्यक्रम संयोजक एवम् विद्यालयका संगीत प्रशिक्षक विवेक गायकले जानकारी दिए ।

५ मंसिर २०८२, शुक्रबार ११:४७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा