Play

नाई श्रमिकलाई खोपको व्यवस्था गर्छौ- मुख्यमन्त्री पोखरेल

गुरुकुल खबर


पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले नाई श्रमिकहरुलाई पहिलो प्राथमिकतामा राखी खोपको व्यवस्थापन गर्ने आश्वासन दिएका छन् ।

नेपाल नाई संघले मुख्यमन्त्री पोखरेललाई भेटि नाई श्रमिकहरुलाई तत्काल खोपको व्यवस्था गर्न माग गरे पछि सो आश्वासन दिएका हुन् । 

संघका वरिष्ठ उपाध्यक्ष लालबाबु ठाकुरको नेतृत्वमा केन्द्रीय सदस्य भैरवलाल ठाकुर , गण्डकी प्रदेश अध्यक्ष आदेश ठाकुर, उपाध्यक्ष सन्तोष ठाकुर, कास्की जिल्ला अध्यक्ष विगुलाल ठाकुर , उपाध्यक्ष आनन्द ठाकुर लगायतका टोलीले मुख्यमन्त्री पोखरेल खोपको व्यवस्था गरिदिन आग्रह गर्दै भेट गरेका थिए । 

अरु पेशामा जस्तो नाई पेशामा भौतिक दुरी कायम गरी काम गर्न सम्भव नभएकाले तत्काल खोप उपलब्ध गराई सेवाग्राहीलाई सेवा दिन र व्यवसाय संचालन गर्न सहज वातावरण सिर्जनाको माग गरेको संघका वरिष्ठ उपाध्यक्ष लालबाबु ठाकुरले जानकारी दिए ।

कोरोना महामारीले विश्व नै आक्रान्त बनेको यो स्थितिमा नेपालमा संचालित व्यापार व्यवसायमा पनि नाई पेशा अझ बढि प्रभावित भएकोले नाई श्रमिकहरुलाई समेत सम्बोधन गर्ने खालको बजेट एवं नीति तथा कार्यक्रम ल्याउनुपर्ने संघको माग रहेको छ । नाई श्रमिकको बाच्न पाउने अधिकार सुनिश्चितताका लागि समेत प्रदेश सरकारको ध्यानाकर्षण गराएको वरिष्ठ उपाध्यक्ष ठाकुरले बताए । 

२१ श्रावण २०७८, बिहीबार १७:०८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा