Play

कांग्रेसको क्रियाशील सदस्यता विवाद तीन दिनभित्र टुङ्ग्याउने

गुरुकुल खबर


काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको क्रियाशील सदस्यता सम्बन्धी विवाद तीन दिन भित्र टुङ्गो लगाउने सहमति भएको छ । कांग्रेसका शीर्ष नेताहरू सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद सिटौलाबीच बुधबार भएको छलफलमा क्रियाशील सदस्यताका सम्बन्धमा पार्टी देखिएको विवाद ३ दिनभित्र समाधान गर्ने गरी छलफललाई निरन्तरता दिने सहमति भएको हो ।

सभापति देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको बैठकमा अन्य पार्टीबाट काग्रेस प्रवेश गरेका नेता, कार्यकर्ताहरूलाई कसरी क्रियाशील सदस्यता वितरण गर्ने भन्ने विषयमा छलफल भएको क्रियाशील सदस्यता छानबिन समितिका संयोजक समेत रहेका नेता रमेश लेखकले जानकारी दिए । 

यसैगरी बैठकमा नेताहरूबीच आसन्न पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका पनि दुई दिनभित्र टुङ्गो लगाउने विषयमा छलफल भएको थियो ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने तय गरिएको छ ।

२० श्रावण २०७८, बुधबार २०:३५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा