Play

कञ्चन पत्रकारिता पुरस्कार शान्ति गुरुङ र केबी रानालाई

गुरुकुल खबर


पोखरा, १९ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०७८’ शान्ति गुरुङ (कास्की) र केबी रानामगर (नवलपुर) लाई प्रदान गरिने भएको छ ।

प्रतिभा छनोट समितिले गरेको सिफारिसअनुसार महासंघको मंगलबारको बैठकले नाम अनुमोदन गरेको अध्यक्ष एमबी आस्थाले जानकारी दिए । पुरस्कार राशि जनही २५ हजार र सम्मानपत्र छ ।

अधिवक्ता सुरेन्द्र थापामगर संयोजक समितिको प्रतिभा छनोट समिति सदस्यमा अधिवक्ता जूनाकुमारी गुरुङ, पत्रकार हुम गुरुङ तथा एमबी आस्था र रुद्र श्रीषमगर थिए ।

पुरस्कृत हुने गुरुङ रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र पोखरामा कार्यरत छिन् भने मगर नवलपुरको देवचुली टिभीमा काम गर्छन् । उनीहरुलाई साउन २७ मा पोखरामा समारोह आयोजना गरी पुरस्कृत गरिनेछ ।

पोखराका प्रतिष्ठित व्यवसायी बिमलमान गुभाजु र उनका परिवारले आफ्ना बावुआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा सो पुरस्कार स्थापना गरेका हुन् ।

गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई क्रियाशील २ पत्रकारलाई हरेक वर्ष सो पुरस्कार प्रदान गरिँदै आएको छ । यसअघि बागलुङका राजेन्द्र राजभण्डारी र कास्कीका रुद्रबहादुर थापालाई सो पुरस्कार अर्पण गरिएको थियो ।

१९ श्रावण २०७८, मंगलवार २०:०५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा