Play

मेरिल्याण्डस्थित नेपालीहरुको संस्था ‘बाना’ मा १५ जना सल्लाहकारहरुको मनोनयन

गुरुकुल खबर


बाल्टिमोर (अमेरिका), अमेरिकाको मेरिल्याण्डमा आएर बिभिन्न पेशा, ब्यबसायमा संलग्न नेपालीहरुको संस्था बाल्टिमोर एसोसिअसन अफ नेपालिज ईन अमेरिका ( बाना )  ले त्यस क्षेत्रमा रहेका नेपाली समुदायका केहि अगुवाहरुलाई सल्लाहकारमा मनोनयन गरेको छ।

बानाको पदेन सल्लाहकारमा बाना ट्रष्टीका अध्यक्ष प्रभु थापा र बानाका निबर्तमान अध्यक्ष सुबोध विलास पन्त रहेको छन भने मनोनित सल्लाहकारहरुमा तरुण पौडेल, राजु पराजुली, श्रीजन उपाध्याय, किरण पन्त,  रबिन शर्मा, डोलनाथ घिमिरे, गौतम दाहाल रहेका छन।

यसैगरी अन्य सल्लाहकारहरुमा जगत घिमिरे, मुना शर्मा लामिछाने, दुर्गा प्रसाद श्रेष्ठ, अनिल गोदार, बिनोद उप्रेती र राजु रामदाम रहेको बानाले जनाएको छ।

बाल्टिमोर एशोसिएसन अफ नेपालीज इन अमेरिका (बाना) का अध्यक्ष जितेन्द्र गुरुङको अध्यक्षतामा बसेको बाना कार्यसमितिको बैठकले बानाको विधानको धारा ६ बमोजिम २०२५-२०२८ सम्मको तिन बर्षे कार्यकालको लागि सर्बसम्मत रुपमा उनीहरुलाई सल्लाहकार मनोनित गरेको बुझिएको छ।

बानाले सर्बसम्मत रुपमा सलाहकारहरुको मनोनयन गरेको सार्बजनिक गरेको भएपनि कार्यसमितिका केहि सदस्यले भने आँफुहरुलाई जानकारी नदिईकन सल्लाहकारको मनोनयन गरिएको भन्दै नामावली सार्बजनिक भएकोले त्यसलाई सर्बसम्मत भन्न नमिल्ने प्रतिक्रिया दिएका छन ।

२८ कार्तिक २०८२, शुक्रबार १०:११ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा