पोखरा, पर्यटकीय राजधानी पोखरामा केन्द्रीय कार्यालय रहेको टाईम्स एजुकेशनल कन्सल्ट्यान्सीले लुम्बिनी प्रदेशको बुटवलबाट पनि सेवा दिने भएको छ । अष्ट्रेलिया, वेलायत, अमेरिका, फ्रान्सलगायत देशका प्रख्यात विश्वविद्यालयहरुमा अध्ययनका लागि नेपाली विद्यार्थीलाई सहजीकरण गरिरहेको टाईम्स एजुकेसनलले यसअघि काठमाडौंबाट समेत सेवा सञ्चालन गरिसकेको छ । दोस्रो शाखाको रुपमा बुटवलको ट्राफिक चोकबाट छिट्टै सेवा सञ्चालन गरिने सञ्चालक प्रेम सुवेदीले गुरुकुल खबरलाई जानकारी दिए ।
बुटवल र आसपासबाट अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीको सहजीकरणका लागि शाखा बिस्तार गरिएको सुवेदीले बताए । शाखामा अन्यत्र जस्तै विदेशअध्ययनका लागिआवस्यक पर्ने आइएलटीस, पीटीई तथा फ्रेन्च भाषाका कक्षाहरु पनि संचालन हुने छन् । बुटवल शाखा उद्घाटनको अवसरमा पहिलो हप्तामा भर्ना हुने विद्यार्थीलाई आइएलटीस, पीटिई तथा फ्रेन्च भाषाका सवै कक्षाहरु निशुल्क हुने सुवेदीले जनाए।
बुटवल शाखाका व्यवस्थापक विशाल वरालका अनुसार उक्त शाखाबाट पनि विभिन्न देशहरुमा अध्यनका लागि जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श र सहजीकरण गरिनेछ । विद्यार्थीको चाहना र आवश्यकता अनुसार परामर्श प्रदान गरिने तथा बुटवल तथा आसपासका विद्यार्थीको सहजताका लागि कन्सल्ट्यान्सी सञ्चालन गर्न लागिएको उनले बताए ।
व्यवस्थापक वरालका अनुसार अधिकांश नेपाली विद्यार्थी लहैलहै र धेरै कुरा नबुझी विदेश जाँदा दुःख पाउने गरेकोले त्यो अवस्था नहोस् भन्ने उद्देश्य टाईम्सले परामर्श सेवा दिने गरेको हो। सबै प्रक्रिया बुझ्नुपर्ने र त्यसका लागि अभिभावकले पनि पूर्ण जानकारी लिनआवश्यक रहेको उनको भनाई छ ।




















