Play

कांग्रेसको हरेक तहमा ३३ प्रतिशत युवाको प्रतिनिधित्व अनिवार्य गरौँ- केन्द्रीय सदस्य महर

गुरुकुल खबर


नेपाली कांग्रेसभित्र युवा पुस्ताको निर्णायक सहभागिता सुनिश्चित गर्न पार्टीका हरेक तहमा ३३ प्रतिशत भन्दा बढी नयाँ युवा पुस्ताको प्रतिनिधित्व अनिवार्य गर्नुपर्ने प्रस्ताव गरिएको छ । कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले जारी केन्द्रीय समिति बैठकमा लिखित प्रस्ताव पेस गर्दै पार्टीको विधानलाई नै ‘युवामैत्री’ बनाउन यस्तो व्यवस्था गर्न माग गरेका हुन् ।

पछिल्लो समय युवाहरूमाझ पार्टीप्रतिको आकर्षण घट्दै गएको र नेतृत्व पंक्तिमा पुस्तान्तरणको बहस चलिरहेका बेला महरको यो प्रस्ताव आएको हो । उनले पार्टीलाई समयसापेक्ष, गतिशील र ऊर्जावान बनाउन वडा तहदेखि केन्द्रीय समितिसम्मका सबै संरचनामा युवाहरूको अनिवार्य र अर्थपूर्ण सहभागिता आवश्यक रहेकोमा जोड दिएका छन् ।

‘पार्टीका सबै तहमा कम्तीमा पनि एक तिहाइभन्दा बढी नयाँ युवा पुस्ताको प्रतिनिधित्व रहने गरी विधानलाई युवामैत्री बनाउनुपर्छ,’ महरको प्रस्तावमा भनिएको छ । उनले यस्तो व्यवस्थाले पार्टीको निर्णय प्रक्रियामा युवा दृष्टिकोण समावेश हुने र देशका बहुसंख्यक युवा मतदातालाई कांग्रेससँग जोड्न सकिने विश्वास व्यक्त गरेका छन् । यो प्रस्तावले पार्टीको आन्तरिक पुनर्संरचना र पुस्तान्तरणको बहसलाई थप अघि बढाएको छ ।

२० कार्तिक २०८२, बिहीबार १६:१९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा