Play

लमजुंगको बेसीशहरमा ‘भन्ज्यांग रोधी घर’ संचालनमा

गुरुकुल खबर


बेसीशहर, लोकसंस्कृतिको धनी जिल्लाको रुपमा चिनिने गण्डकी प्रदेशको लमजुंग जिल्लाको बेशिशहरमा केहि समय अगाडी भन्ज्यांग रोधी घर नामको रेस्टुरेन्ट संचालनमा आएको छ। लोक संस्कृतिको संरक्षण, स्थानीय कलाकारहरुको कलाको प्रस्फुटन सहित उनीहरुको प्रबर्द्दन एबम त्यहाँ पुग्ने सर्बसाधारणको लागि मनोरंजन प्रदान गर्ने उद्देश्यले दोहोरी रेस्टुरेन्ट संचालनमा आएको संचालकको भनाई छ।

बेसीशहरको भीमसेनस्थानमा भन्ज्यांग रोधी घर नामबाट संचालनमा ल्याइएको उक्त रेस्टुरेन्टमा नियमित रुपमा स्थानीय कलाकारहरुको प्रस्तुती रहने र समय समयमा राष्ट्रियस्तरमा चर्चामा रहेका कलाकारहरुको समेत सहभागितामा त्यहाँ पुग्ने ग्राहक तथा सर्बसाधारणलाई सांगीतिक मनोरंजन दिने गरिएको छ ।

लमजुंग जिल्लाका स्थानीय एबम त्यहाँ घुम्न जानेहरु मात्र नभएर हिमाल पारीको जिल्ला मनांग घुम्न जाने र बेसीशहर हुँदै अन्नपुर्ण संरक्षण क्षेत्रको पदयात्रामा जाने स्वदेशी एबम बिदेशी पर्यटकहरुले बेसीशहरमा रात बिताउने भएपनि उनीहरुको लागि मनोरंजन लिने स्थानको अभाव महशुस गरेर भन्ज्यांग रोधी घर संचालनमा ल्याइएको रोधी घरकी संचालक लक्ष्मी तामांगले गुरुकुल खबरलाई जानकारी दिईन ।

उक्त रोधी घर संचालनमा आएपछि बेसीशहरमा बस्ने स्वदेशी र बिदेशी पाहुनाहरु तथा गितसंगीतका पारखीहरुलाई लोक एबम दोहोरी गीतसंगीतको मनोरंजन लिन पाउने अबस्था सिर्जना भएको उनको भनाई छ ।

रोधी घरकी संचालक लक्ष्मी आँफै पनि दोहोरी गायिका हुन । उनका तामांग सेलो, म्हेंदोमाया लगायत बिभिन्न भाकाका गीतहरु लोकप्रिय छन। उनि सहित कलाकारहरु अमृत् परियार, देबिराम परियार, हस्त सेन्चुरी, देबेन्द्र गुरुङ, लक्ष्मी परियार, सबिता कुँवर र नरेश सुनार लगायतले रोधीघरमा पुग्ने संगीतका पारखीहरुलाई गीत सुनाएर तथा नृत्य प्रदर्शन गरेर मनोरंजन दिलाउने गरेको छन ।

केहि महिना अगाडी शुरु भएको उक्त दोहोरी घरमा हाल १३ जनाले रोजगारी समेत पाएको संचालक तामांगले जानकारी दिईन

११ कार्तिक २०८२, मंगलवार २२:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा