Play

विपक्षी गठबन्धनको बैठक सम्पन्न

गुरुकुल खबर


काठमाडौं । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने विपक्षी गठबन्धनले निर्णय गरेको छ । प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको आदेशपछि बसेको विपक्षी गठबन्धनको बैठकले देउवालाई प्रधानमन्त्री बनाउने निर्णय गरेको हो ।

सर्वोच्च अदालतले भोलि बेलुका ५ बजेसम्म कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश समेत जारी गरेको छ । बैठकमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्षा पुष्प कमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेको माधवकुमार नेपाल , जनता समाजवादी पार्टीको उपेन्द्र यादव-बाबुराम भट्टराई र राष्ट्रिय जनमोर्चाका नेताहरु सहभागी थिए ।

गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एमालेको नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादवबाबुराम भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चा सम्मिलित छन् ।

बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष भट्टराईले सर्वोच्च अदालतको फैसलालाई गठबन्धनले स्वागत गरेको बताए । उनले अदालतको आदेशअनुसार नै भोलि कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन हुने बताए । गठबन्धनलाई कसरी प्रभावकारी रुपमा अघि बढाउने र गठबन्धनको सरकार कसरी गठन गर्ने भन्ने विषयमा छलफल भइरहेको समेत उनले जानकारी दिए ।

२८ असार २०७८, सोमबार २१:०८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा