Play

क्षतिग्रस्त मालपोत कार्यालयको सेवा बिहीबारदेखि सेवा शुरु

गुरुकुल खबर


पोखरा, जेनजी पुस्ताको नाममा भएको आन्दोलनका क्रममा  प्रदर्शनका क्रममा आगजनी एवं तोडफोडबाट क्षतिग्रस्त मालपोत कार्यालय कास्कीले आज बिहिबारदेखि सेवा सुरु गरेको छ । आन्दोलनका क्रममा मालपोत कार्यलय समेत जलाइएपछि सबै सेवा अबरुद्ध बनेको थियो।

लेखापढी कानुन ब्यबसायी संघ पोखराको अगुवाईमा अस्थायी संरचना र आबश्यक कम्प्युटर र फर्निचर लगायतका सामग्री जुटाएर सेवा सुचारु गर्ने बाताबरण बनेको हो। बताइएको छ मालपोत कार्यालयले अत्यावश्यकीय सेवाका साथै नियमित सेवा समेत सुरु गरेको कास्कीका मालपोत अधिकृत शोभाखर पोख्रेलले जानकारी दिए ।

कार्यालय क्षतिग्रस्त भएपछि यहाँस्थित सेवाग्राहीलाई प्रतिक्षालयबाट सेवा दिन सुरु गरिएको जानकारी दिँदै उनले अत्यावश्यक सेवा भनिए पनि सेवाग्राहीलाई सकेसम्म सबै सेवा उपलब्ध गराइने उद्देश्य राखिएको बताए ।

कार्यालयमा रहेका झन्डै ८० प्रतिशत कागजात पूर्ण रूपमा नष्ट भएकाले समस्या भएको उनको भनाइ छ । आन्दोलनका क्रममा कार्यालयमा रहेकामध्ये पोखरा महानगरपालिका–११, १२, १३ सहित मौजा, हेम्जाका कागजात जोगिए पनि अन्य सबैजसो वडाका कागजातहरू डढेको उनले जानकारी दिए ।

सम्बन्धित समाचार ..

कास्की मालपोतको सेवा शुरु गर्न लेखापढी ब्यबसायीको पहल, अस्थायी संरचना र आबश्यक सामग्री हस्तान्तरण

३० आश्विन २०८२, बिहीबार १३:३४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा