Play

पूर्वमन्त्री अधिकारी समेतलाई थप अनुसन्धान र पूर्वमन्त्रीहरु गुप्ता र श्रेष्ठसंग ७८ लाख बिगो माग गर्दै मुद्धा दायर

गुरुकुल खबर


पोखरा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको लिचिबारी जग्गा प्रकरणमा पूर्वमन्त्री बलराम अधिकारीसहित तीन जनालाई थप अनुसन्धान गर्ने निर्णय गरेको छ । आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका तत्कालीन मन्त्री बलराम अधिकारीले ३२ लाख घुस लिएको विषयमा थप अनुसन्धान गर्ने भनेको छ ।

त्यस्तै अडियो–भिडियोमा भएको संवादअनुसार सुजनकुमार तामाङसँग तत्कालीन मन्त्री अधिकारीले ३२ लाख रुपैयाँ र तत्कालीन सचिव अर्जुनप्रसाद पोखरेल (हाल अवकाश प्राप्त) ले ५ लाख रुपैयाँसहित वन कुखुरा र रक्सी लिएको विषयमा थप अनुसन्धान गर्ने भनेको छ ।

त्यस्तै (अडियो नं. ६) मा भएको संवाद अनुसार मालपोत कार्यालय कास्कीका नायब सुब्बा दीपक सुवेदीले ७० लाख खर्च गरी चिरञ्जीवी पौडेललाई मालपोत कार्यालय कास्कीमा ल्याएको र मालपोत कार्यालय कास्कीका प्रमुख मालपोत अधिकृत रहेका पौडेलले सेवाग्राहीसँग ४ पटक हवाई टिकट किन्न लगाएको विषयमा छुट्टै मिसिल खडा गरी अनुसन्धान अधिकृत तोकी थप अनुसन्धान गर्ने निर्णय गरेको जनाएको छ ।

त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका पूर्व मन्त्री रन्जिता श्रेष्ठ समेतले ११ लाख घुस लिँदा यामकुमारी गुरुङको नाममा गरिमा विकास बैङ्कमा खोलिएको खातामा २०८१ माघ २९ गते प्रहरी सहायक निरीक्षकले जम्मा गरेको रकमको विषयमा पनि अनुसन्धान गर्ने भनिएको छ ।

यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार एमाले नेता गुप्ता र नागरिक उन्मुक्ति पार्टीका तत्कालिन अध्यक्ष श्रेष्ठसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

गुप्ता र श्रेष्ठविरुद्ध अख्तियारले ७८ लाख बिगो मागदाबी गरेको भने सोहि प्रकरणमा मुछिएका मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीलाई ५३ लाख रुपैयाँ,  बिचौलियाको रुपमा काम गरेका सुजनकुमार लामालाई ७८ लाख, खमबहादुर पुनविरुद्ध २५ लाख र याम कुमारी गुरुङ, तुल्सीराम बुढामगर र खमबहादुर ७८ लाख बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

‘लिची बगान’ को १ सय ३४ रोपनी जग्गा हिनामिना गर्ने योजनामा भएको घूस डिल प्रकरणमा पूर्वमन्त्रीद्वय र बिचौलियासहितका व्यक्तिको अडियो सार्वजनिक भएपछि यो प्रकरणमा मुद्दा अघि बढेको थियो ।

२२ आश्विन २०८२, बुधबार १८:४३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा