Play

कस्केलीहरुको विश्व सम्मेलन: बिभिन्न व्यक्तित्वलाई सम्मान, कास्कीको विकास निम्ति सम्बाद र सांस्कृतिक कार्यक्रम

गुरुकुल खबर


पोखरा, कास्की जिल्लाबाट रोजगारी वा कामको शिलशिलामा बिभिन्न मुलुकमा पुगेर बसोबास गरेका कस्केलीहरुको संस्था कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदले दुबईमा आयोजना गरेको विश्व सम्मेलन हालै सम्पन्न भएको छ। सन् २००२ मा कतारमा कास्की आदर्श समाजको स्थापना भएपछि बिभिन्न मुलुकमा कास्कीको नामबाट स्थापित संस्थाहरुलाई एकिकृत गर्नको लागि सन्  २०१५ बाट अभियान संचालन गरिएको थियो।

“विश्वभरीका कस्केली खोजि अभियान, समृद्द जन्मथलो हाम्रो स्वाभिमान” भन्ने मुल नारासहित २०१७ मा कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद स्थापना गरिएकोमा बिभिन्न २२ वटा मुलुकमा सक्रिय रहेका राष्ट्रिय समितिहरु हाल अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गत क्रियाशील छन। बिभिन्न मुलुकमा क्रियाशील राष्ट्रिय समितिका प्रतिनिधिहरुको सहभागिता रहेको उक्त विश्व सम्मेलनको पहिलो दिन संस्थाको स्थापनादेखि हालसम्मा बिभिन्न किसिमबाट योगदान पुर्याएका सँस्थापक अध्यक्ष पूर्ण तिमिल्सिना एबम पुर्ब अध्यक्षद्वय गोविन्द प्रसाद पौडेल र श्रीमती सीता देवी वास्तोला बराललाई दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरिएको थियो।

सोहि अवसरमा सानै उमेरमा बेल्जियमको ब्रुज नगरपरिषद सदस्य निर्वाचित संस्थाकी आजिवन सदस्य सुश्री प्रज्ञा तिमिल्सिना लाई प्रोत्सहान सहित दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो। कार्यक्रममा संस्थाका सँस्थापक सदस्यहरूलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो । उनि संस्थाका संस्थापक अध्यक्ष पूर्ण तिमिल्सिनाकी छोरी हुन।

सम्मेलनमा प्रमुख अतिथिको रुपमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र विशिष्ट अतिथिको रुपमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य सहभागी थिए। मुख्यमन्त्री पाण्डेले सोहि अबसरमा अन्तराष्ट्रिय समन्वय परिषदको वेबसाइटको उद्घाटन समेत गरेका थिए। त्यस अबसरमा बोल्दै मुख्यमन्त्री पाण्डे र महानगरप्रमुख आचार्यले कास्की जिल्ला र पोखरा महानगरसहित समग्र गण्डकी प्रदेशको बिकासको लागि सबैको बिचमा समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमकै अबसरमा पोखरा महानगरपालिका -२६ तालबेशीमा रहेको जेष्ठ नागरिक सेवा केन्द्रको लागि संस्थाका बरिष्ठ उपाध्यक्ष बिशाल ढुंगानाको संयोजकत्वमा संकलित दुई लाख रुपैया हस्तान्तरण गरिएको कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदका महासचिब केदार कुँवरले गुरुकुल खबरलाई जानकारी दिए।

सम्मेलनमा अबुधाबीका लागि नेपाली राजदुत तेजबहादुर क्षेत्री,दुबईका लागि नेपाली महाबाणिज्यदुत हरिप्रसाद ओडारी, उप महाबाणिज्यदुत कृष्णप्रसाद चापागाईं, समाजका संस्थापक अध्यक्ष पूर्णप्रसाद तिमिल्सिना, समाजका प्रमुख संरक्षक सितादेबी बाँस्तोला, संस्थापक विश्वनाथ बराल, संस्थापक बरिष्ठ उपाध्यक्ष चित्रप्रसाद सुबेदी, संरक्षकहरु डा. सुन्दर पौडेल, केदार ढुंगाना, बिमल सुबेदी, डा. किस्मत भण्डारी, पुर्ब संरक्षक कुलप्रसाद गुरुङ सहि नेपालबाट सहभागी हुन गएका संस्थाका पदाधिकारी एबम सदस्यहरु, सल्लाहकारहरु, जनप्रतिनिधिहरु र कलाकारहरु समेत सहभागी थिए।

यसैगरि पोखरा महानगरपालिकाका वडाध्यक्षहरु किरण बराल, नरेन्द्र थापा, शिवप्रसाद तिमिल्सिना, समाजका सल्लाहकारहरु कृष्णप्रसाद तिमिल्सिना, देबेन्द्र कुँवर, गणशेखर पौडेल, रन्जन बराल, रिता गुरुङ, भुवानी तिमिल्सिना, मनोज सैंजु, गणेश पहारी, मनोज श्रेष्ठ, पुष्पराज अधिकारी, गण्डकीका प्रदेश योजना आयोगकी सदस्य दुर्गा लामिछाने, प्रेस रजिस्टार बिमला भण्डारी पनि सम्मेलनमा सहभागी थिए ।

कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद्काअध्यक्ष शिवबहादुर बानियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजको यूएई समितिका अध्यक्ष शिवराज बस्ताकोटीले स्वागत मन्तव्य राखेका थिए भने समाजका वरिष्ठ उपाध्यक्ष विशाल ढुंगानाले समाजका गतिबिधिहरूका बारेमा जानकारी गराएका थिए । समाजका उपाध्यक्ष विकास शाहीको संयोजनमा भएको उक्त कार्यक्रमको संचालन समाजका महासचिब केदार कुँवरले गरेका थिए। कार्यक्रमममा दुबई स्थित बिभिन्न संघ संस्था समाज रा राजनीतिक दलका नेता कार्यकर्ताहरुको समेत सहभागिता रहेको थियो ।

सम्मेलनको दोश्रो दिन कास्की जिल्ला र समग्र गण्डकी प्रदेशको विकासका लागि सम्बाद गरिएको थियो। जस अनुसार कास्कीको शैक्षिक विकास, डिजिटल भविष्य, गैरआवासिय कस्केली, प्रदेश र महानगर सहकार्यको मार्गचित्र विषयमा सल्लाहकार रन्जन बराल र सँस्थापक विश्वनाथ बरालले चर्चा गरेका थिए । गृह जिल्लामा गैरआवासिय कस्केलीको सामुहिक लगानी र समृद्धिको सम्भावना तथा स्थानिय तह र प्रदेश सरकारको जिम्मेवारीको साथै परिषदको सम्पर्क कार्यालयको जग्गा र भवन निर्माण बिषयमा भएको सम्बादमा पोखराबाट गएका जनप्रतिनिधिहरु सहित अन्यको सहभागिता रहेको थियो । यसैगरी सिप हस्तान्तरण, कास्कीमा कृषि, ग्रामीण उद्यम सम्बन्धमा संरक्षक डा. सुन्दर पौडेलले वृत्त चित्र सहितको प्रस्तुती दिएका थिए ।  कास्कीको पर्यटन प्रबर्द्दन सम्बन्धी वृत्तचित्र सहितको सामाग्रीको प्रस्तुती समाजका सल्लाहकार गणेशराज पहारीले राखेका थिए।

सम्मेलनकै सन्दर्भमा आयोजित सांस्कृतिक कार्यक्रममा कलाकारहरू इश्वर गुरुङ, सिडि विजय अधिकारी, चोलेन्द्र पौडेल, पार्वती जिसी  लगायत यूएइका स्थापित कलाकारहरूले आआफ्नो प्रस्तुतिसँगै मनोरन्जन प्रदान गरेका थिए। साँस्कृतिक उपसमिति सहसंयोजक एबम कास्की आदर्श समाज यूएइका उपाध्यक्ष श्रीराम रानाभाटले संचालन गरेको सांस्कृतिक कार्यक्रममा परिषदका अध्यक्ष शिव बहादुर बानियाले सम्मेलन सफल पार्न सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका थिए।

९ आश्विन २०८२, बिहीबार २१:२५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा