Play

विन्ध्यवासिनी मन्दिरको संरक्षण र बिकासमा समितिको सक्रियता जारी, यस बर्षपनि नवदुर्गा महोत्सवको तयारी

गुरुकुल खबर


पोखरा, पोखरामा रहेको एतिहासिक एबम प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनी मन्दिरमा बिगतका बर्षहरुमा जस्तै यस बर्षपनि नवदुर्गा महोत्सव हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले यही असोज ६ गते घटस्थापनादेखि १५ गते महानवमीसम्म नवदुुर्गा महोत्सव सञ्चालन गर्न लागेको हो । महोत्सवमा श्रीमद्देवी भागवत ज्ञान महायज्ञ सञ्चालन गरिने छ ।

यस अवधिमा प्रत्येक दिन बिहान नौ बजेबाट मध्याह्न बार्ह बजेसम्म महायज्ञ सञ्चालन हुनेछ । त्यस्तै सतचण्डी महानुष्ठान बिहान छ बजेदेखि नौ बजेसम्म र भजनकीर्तन अपराह्न दुई बजेबाट चार बजेसम्म गरिने बिन्ध्यबासिनी धार्मिक क्षेत्र बिकास समितिका सचिब तिर्थ श्रेष्ठले गुरुकुल खबरलाई जानकारी दिए ।

विजया दशमीको अवधिभर मन्दिरमा नित्य पूजा बिहान चारबजे प्रारम्भ भएपनि भक्तजनहरूको दर्शनका लागि बिहान ५ बजेबाट मन्दिर खुला गरिने भएको छ। साथै हरेक दिन साँझ आरती गरिने उनले बताए । महायज्ञमा वाचकका रूपमा श्रीकृष्णनुरागी पण्डित पशुपति पौडेल रहने छन् । मन्दिरमा २०६४ सालदेखि नै बिजया दशमीको अबसरमा विध्यवासिनी नवदुर्गा महोत्सवको आयोजना हुँदै आएको छ  ।

बिन्ध्यबासिनी मन्दिरको स्थापना कास्कीका अन्तिम राजा सिद्धिनरसिंह शाहको पालामा भएको भनाइ छ । मन्दिरको संरक्षण र विकासको लागि २०४३ सालमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको गठन गरिएको र त्यसपछि मन्दिर क्षेत्रमा धेरै सुधारका कामहरु गरिंदै आएको समितिका बर्तमान अध्यक्ष गणेशबहादुर श्रेष्ठले गुरुकुल खबरलाई जानकारी दिए ।

विन्ध्यवासिनी मन्दिर परिसरमा शिव मन्दिर, राधाकृष्ण मन्दिर, विन्ध्यवासिनी गुरुकुल भवन, सन्त निवास, विन्ध्यवासिनी बहुद्देश्यीय सभा–भवन, प्रदक्षिणा पथ, विन्ध्यवासिनी मन्दिर परिसरमा ढुङ्गा छपाइ, विन्ध्यवासिनी मन्दिर र गणेश मन्दिरमा पित्तलको कलात्मक सजावट र पित्तलको द्वार निर्माण गर्ने जस्ता काम समितिको पहलमा हुँदै आएका छन ।

मन्दिरमा पुग्ने भक्तजनको सुविधा र सौन्दर्यकरणका लागि प्रदक्षिणा पथ, शौचालयहरू, कीर्ति स्तम्भ, पानीका लागि बोरिङ तथा खानेपानी भण्डारणका लागि ४० हजार लिटर क्षमताको टङ्की, जलधारा, शुद्ध पिउने पानी, विशाल त्रिशूल, शक्ति ध्वजा र विशाल कमण्डलुका साथै विन्ध्यवासिनी वाटिका निर्माण गरी त्यसमा पानीको फोहोरा र शिवानन्द कुण्डको निर्माण लगायतको धेर काम समितिको तर्फबाट गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

मन्दिरमा २०५१ सालमा स्थापित विन्ध्यवासिनी गुरुकुल विद्याश्रममा कक्षा ६ देखि १० सम्म निःशुल्क आवासीय रूपमा अध्यापन हुँदै आएको छ। गुरुकुललाई कक्षा १२ सम्म विस्तार गर्ने योजनाअनुरूप विन्ध्यवासिनी गुठीको हक–भोग स्वामित्वको पोखरा महानगरपालिका–१८ स्थित २६ रोपनी क्षेत्रफल जग्गामा भवन निर्माण गर्ने कार्य झण्डै अन्तिम चरणमा पुगेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनका अनुसार मन्दिरमा आउने ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्ति तथा गर्भवती महिला समेतको सुविधालाई ध्यानमा राखेर मन्दिरमा सहज पहुँचको व्यवस्थाका लागि लिफ्टको स्थापना गरिएको छ ।

समितिले सेवा कार्यलाई प्राथमिकता दिँदै ज्येष्ठ नागरिकहरूका लागि दिवा सेवा उपलब्ध गराउने उद्देश्यले २०७२ सालबाट विन्ध्यवासिनी ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालन गर्नाका साथै एम्बुलेन्स सेवा पनि सञ्चालन गरिएको छ ।  त्यस्तै प्राकृतिक चिकित्सा पद्धतिका आधारमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय सञ्चालनमा ल्याइएको छ । यसको भौतिक पूर्वाधार निर्माण कार्य जारी रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

४ आश्विन २०८२, शनिबार १५:४४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा