Play

आम जनता पार्टीको संगठन कास्कीमा पनि, अर्जुन केसीको अध्यक्षतामा २५ सदस्यीय जिल्ला समिति गठन

गुरुकुल खबर


पोखरा, प्रतिनिधि सभा सदस्य प्रभु साहको नेतृत्वमा रहेको आम जनता पार्टीले कास्की जिल्लामा आफ्नो संगठन बिस्तार गरेको छ। शनिबार पोखरामा सम्पन्न आम जनता पार्टी कास्की जिल्ला समितिको प्रथम जिल्ला भेलाले अर्जुन केसीको अध्यक्षतामा २५ सदस्यीय पार्टीको जिल्ला कार्य समिति घोषणा गरेको छ।

आम जनता पार्टी कास्की जिल्ला समितिको नवगठित समितिमा उपाध्यक्षमा आइतराज गुरुङ, सचिवमा अर्जुन सुनार, सह-सचिवमा पवित्रा मल्ल र कोषाध्यक्ष रेखा परियार रहेका छन् भने सदस्यहरुमा सुसिला पोख्रेल, गौकाशी गुरुङ, सागर सुनार, कुशल गुरुङ, विकास सुनार, मोहन सुनार, राहुल मगर, दिनेश सुनार, सुरेन्द्र यादव, माया राई, सन्दीप सापकोटा, ज्योती शेर्पा, लक्षुमन वि.क., अनिता कोइराला, अनिता वि.क., रेणु थापा र श्यामसुन्दर यादव छन्।

यस अघि पार्टीका केन्द्रीय सह-अध्यक्ष तिलक थापाले भेलाको उद्घाटन गरेका थिए। उक्त अवसरमा पार्टीका सह-अध्यक्ष थापाले देशमा भ्रस्टाचार, अन्याय, अत्याचार र बेथिति बढेको, राज्यका सबै तह र निकायहरुमा चरम राजनितिकरण बढेकाले अहिलेकै व्यवस्थाबाट देश र जनताको मुक्ति सम्भव नभएकाले यस व्यवस्था फाल्न आफ्नो पार्टी तेश्रो जनआन्दोलनको तयारी गरिएको बताए।

उनले आफूहरुको पार्टी मात्र जनपक्षीय र राष्ट्रवादी पार्टी भएको जिकिर गर्दै आम जनता पार्टीलाई उत्पीडित जनता र राष्ट्रिय स्वाधीनताको लागि पार्टीमा आबद्ध हुन् आम नेपाली जनता समक्ष आव्हान गरे।

पार्टी स्थायी कमिटि सदस्य एबम गण्डकी प्रदेश अध्यक्ष भोजराज त्रिपाठीले व्याप्त बिकृति र विसंगतिकाबिरुद्ध लड्न आफूहरुको पार्टीले आइटी आर्मी गठन गरेको दाबी गर्दै भ्रष्टाचार र लुटतन्त्र मच्चाउन खोज्नेहरुलाई आईटी आर्मीले ठेगान लगाउन बताए।

कार्यक्रममा पार्टीको प्रदेश सह-अध्यक्ष रामजी गुप्ता, कास्की जिल्ला ईञ्चार्ज सन्तोष शाह, गण्डकी प्रदेश सचिव विमल काडेल, आइटी आर्मी कास्की इञ्चार्ज मौजालाल यादव, महिला विभागकी अध्यक्ष पवित्रा मल्ल, प्रदेश ट्रेड युनियन फेडरेशन नेपालका प्रदेश ईञ्चार्ज हरि थापा लगायतले बोलेका थिए। अर्जुन केसीको अध्यक्षतामा बसेको भेलालाई महिला मोर्चा गण्डकी प्रदेश ईञ्चार्ज सीता सुवेदीले स्वागत र प्रदेशको पार्टी प्रवक्ता सूर्यबहादुर गुरुङले कार्यक्रम संचालन गरेका थिए। सोही कार्यक्रममा बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विभिन्न पार्टी लगायतका राजनीतिक पार्टीहरु परित्याग गरी करीब एक दर्जन नेता तथा कार्यकर्ता आम जनता पार्टीमा प्रवेशगरेको जनाएको छ।

२२ भाद्र २०८२, आईतवार १४:०० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा