Play

पोखरा- २३ चापाकोट, घडेरीका आयुष पराजुली बने ‘आइओईको प्रवेश परिक्षामा नेपाल टप’

गुरुकुल खबर


पोखरा, त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) ले संचालन गरेको स्नातक तहको प्रवेश परीक्षा -२०८२ मा पोखरा महानगरपालिका -२३ का आयुष पराजुली नेपाल टप गर्न सफल भएका छन। पोखरा महानगरपालिका – १५, रामबजारस्थित एसओएस हर्मन माइनर माध्यमिक विद्यालयबाट कक्षा ११ र १२ उत्तीर्ण गरेका पराजुली पोखरा -२३ चापाकोट घडेरीका केदार पराजुलीका छोरा हुन । उनले आफ्नो गाउँ चापाकोट घडेरीमा नै बसेर अनलाइनमा पढेर प्रवेश परिक्षामा सहभागी भएपनि नेपाल टप गर्न सफल भएका हुन।

आयुषले यस अगाडी उनले उत्तीर्ण गरेको एसईई परिक्षामा ३. ९५ जिपिए अंक प्राप्त गरेका थिए। आयुषका बुवा केदार पराजुली पोखरा महानगरपालिका -२३ ठुलाखेत स्थित सिद्धबराह माविमा बिगत केहि बर्षदेखी शिक्षकको रुपमा कार्यरत छन।

छोराले नेपाल टप गरेको खबर संगै बुवा केदार र ठुलोबुवा एबम सिद्धबराह माविका प्रधानाध्यापक बद्रीनाथ पराजुली लगायतले खुसि प्रकट गर्दै सामाजिक संजाल मार्फत आयुषलाई बधाई ज्ञापन गरेको छन।

ठुलो बुवा बद्रीनाथ पराजुलीले फेसबुकमा लेखेका छन, ‘हार्दिक बधाई तथा शुभकामना बाबू आयुष पराजुली ! चापाकाेट गाउँमै घरमा नै वसेर online पढी त्रिभुवन विश्वविद्यालय IOE को Entrance 2082 मा एक नम्बरमा नाम निकाल्न सफल भएकोमा हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना ।’

आइओईको प्रवेश परिक्षामा यस बर्ष आएको नतिजासँगै एसओएस विद्यालय लगातार दोस्रो वर्ष पनि नेपाल टपर उत्पादन गर्ने बिद्यालयको रुपमा स्थापित भएको छ।यसै सन्दर्भमा विद्यालयले एक बधाई सन्देश जारी गर्दै आफ्ना प्रतिभाशाली विद्यार्थी आयुषले राष्ट्रियस्तरमा सर्वोत्कृष्ट नतिजा ल्याएकोमा खुसी व्यक्त गरेको छ ।

विद्यालयका अनुसार, गत वर्ष २०८१ को प्रवेश परीक्षामा पनि सोही विद्यालयका कृतन लामिछाने र सुयोग कोइरालाले उत्कृष्ट नतिजा ल्याएका थिए । यस वर्ष आयुषले त्यो सफलतालाई निरन्तरता दिएको बिद्यालयले उल्लेख गरेको छ ।

‘यस सुखद क्षणमा हामी हाम्रा विद्यार्थी, अभिभावक र सहकर्मीहरूसँग यो खुसी बाँड्न चाहन्छौं,’ विद्यालयका प्रधानाध्यापक चुडामणि सुवेदीले भनेका छन्, ‘हामी आयुषको उज्ज्वल र सफल भविष्यको कामना गर्दछौं ।’

इन्जिनियरिङ अध्ययनका लागि आइओईको प्रवेश परीक्षा नेपालकै सबैभन्दा प्रतिष्ठित र प्रतिस्पर्धात्मक परीक्षामध्ये एक मानिन्छ । देशभरका हजारौं विद्यार्थी सहभागी हुने यस परीक्षामा शीर्ष स्थान हासिल गर्नुलाई महत्त्वपूर्ण उपलब्धिको रूपमा हेरिन्छ ।

( तिहार पर्वमा आफ्नो गाउँ पोखरा -२३ घडेरीमा परिवारका अग्रज सदस्यहरुसंगको सामुहिक तस्बिरमा आफ्नी हजुर आमासंगै बस्दै गरेका आयुष पराजुली )

१२ भाद्र २०८२, बिहीबार २३:५८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा