Play

पोखराको आर्बामा नगरबस दुर्घटना: तेईस घाइते, चारको अबस्था गम्भीर (नाम सहित)

बस चालकका कारण ठुलो दुर्घटना टरेको स्थानीयको भनाई


गुरुकुल खबर


  • शिरोमणी बराल / गुरुकुल खबर 

पोखरा, पोखरा महानगरपालिका वडा न. १३ आर्बाको मणिदिपबाट महेन्द्रपुलतर्फ आउँदै गरेको ग १ ख ४०२७ नम्बरको  नगरबस आर्बाको धुवाँखोलाको मद्केल्ना भन्ने स्थानमा दुर्घटना हुँदा २३ जना घाइते भएका छन ।

घाइतेहरु मध्ये ११ जना उपचारपछि घर फर्किएका छन भने अन्य घाइतेको पश्चिमान्चल स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ । घाइतेहरु मध्ये चारजनाको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दुर्घटना पश्चात घाईतेहरुलाई पोखरा महानगरपालिका – १३ का वडाध्यक्ष किरण बरालले आफ्नो निजि गाडी र अरु दुईवटा एम्बुलेन्सको प्रबन्ध गरेर तत्काल उपचारको लागि अस्पताल पठाएको स्थानीय बासिन्दाले जनाएका छन । अन्य स्थानीय बासिन्दाहरु पनि उद्वारमा खटिएका थिए।

ओरालो सडकमा गुड्दै गरेको अबस्थामा बसको ब्रेक फेल भएको र बस चालकले गाडीलाई भित्तामा लगेर गाडी ठोक्याएको कारण गाडी सडकबाट तल खोल्सामा खस्न नपाएको कारण ठुलो दूर्घटना टरेको स्थानीय प्रत्यक्षदर्शीले गुरुकुल खबरलाई जानकारी दिए।  उक्त बस सडकबाट धुवाँखोला तर्फ खस्न पुगेको भए मानबिय क्षति हुने सम्भवना रहेको बताइन्छ ।

दुर्घटनामा घाइते भएका मध्ये जमुना बराल र टंक देवकोटा लगायत चारजनाको अबस्था अलि गम्भीर रहेको भएपनि खतरामुक्त रहेको प्रहरीले जनाएको छ।  निज देवकोटाकी छोरी तीज मान्न माइतमा आएको समयमा आंफ्नो बुवासंग घाँस काट्न गएकी र घाँस काटेर बसमा राखेर फर्किंदै गरेको अबस्थामा दुर्घटना भएको बुझिएको छ ।

९ भाद्र २०८२, सोमबार १६:४४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा