Play

गण्डकीका मुख्यमन्त्रीद्वारा प्रदेश प्रेस रजिष्ट्रार कार्यालयको पोखरामा उद्घाटन

गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेशमा स्थापना गरिएको प्रदेश प्रेस रजिष्ट्रार कार्यालयको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले सोमबार उद्घाटन गरेका छन त्यस अबसरमा बोल्दै उनले लोकतन्त्रको मेरुदण्ड स्वतन्त्र प्रेस भएको उल्लेख गरे ।

पत्रकारितामा कानुनी स्पष्टता, अभिलेख व्यवस्थापन र पारदर्शिता अभिवृद्धि गर्न उक्त कार्यालयले काम गर्ने विश्वास ब्यक्त गर्दै उनले सञ्चार माध्यमहरूलाई व्यवस्थित गर्दै पत्रकार र सञ्चार संस्थाबीचको आपसी विश्वासलाई मजबुत पार्ने बिश्वास पनि ब्यक्त गरे ।

गण्डकी प्रदेश सरकारका प्रमुख सचिव डा. खगेन्द्रप्रसाद सुवेदीले सञ्चार स्वतन्त्रताको संरक्षण र जिम्मेवार पत्रकारिताको विकासमा प्रेस रजिष्ट्रारको कार्यालय महत्वपूर्ण बन्ने भन्दै प्रदेश सरकारले आवश्यक नीति, संरचना र स्रोतसाधनका माध्यमबाट सहयोग गर्ने बताए ।

प्रेस रजिष्ट्रार विमला भण्डारीले कार्यालयको उद्देश्य, कानुनी अधिकार र कार्यक्षेत्रबारेजानकारी गराउंदै केवल दर्ता र नवीकरणको निकाय मात्र नभई पत्रकारिता क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र पेशागत मर्यादा कायम गर्ने संस्था हुने बताइन ।

गण्डकी प्रदेश सरकारले तयार पारेको आमसञ्चार विधेयकमा अनलाइन पत्रिका दर्ता तथा नविकरणसम्बन्धी स्पष्ट प्रावधानहरु समेटिएको र प्रेस रजिष्ट्रारको कार्यालयबाट नै उक्त कार्य गर्न पहल गर्ने उनले बताइन ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य केशव शरण लामिछाने र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल लगायतले बोलेका थिए ।

२६ श्रावण २०८२, सोमबार २०:५५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा