Play

पोखराका पत्रकार एबम साहित्यकार बद्रीविनोद समेतलाई मातृशोक

गुरुकुल खबर


पोखरा, नेपाल पत्रकार महासंघका पुर्ब केन्द्रीय उपसभापति बद्रीविनोद खनाल ‘प्रतीक’ लाई मातृशोक परेको छ । उनकी आमा विष्णुमाया खनालको ९० वर्षको उमेरमा शुक्रबार बिहान हृदयघातबाट निधन भएको हो ।कुनै जटिल रोग नभएपनि तिन साता अगाडी सामान्य बिरामी परेपछि उनलाई अस्पतालमा उपचार गरेर घरमै राखिएको थियो ।

स्व. बिष्णुमायाको शुक्रबार दिउँसो पोखराको सेती नदिको रामघाट (गीता मन्दिर तल) अन्त्येष्टि गरिएको थियो अन्त्येष्टिमा पोखरामा रहेर विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरु सहित ठुलो संख्यामा सर्बसाधारणहरुको उपस्थिति रहेको थियो ।

स्व. बिष्णुमायाका पांच छोरा र दुई छोरी रहेकोमा जेठा छोरा बद्रीविनोदले लामो समय शिक्षकको रुपमा काम गरेका थिए उनि नेपाल पत्रकार महासंघका कास्कीको पुर्ब अध्यक्ष एबम पोखरेली युवा सांस्कृतिक परिवारका पुर्ब अध्यक्ष लगायत विभिन्न संस्थामा संलग्न छन ।

उनका माहिला छोरा रामजी बिनोद, साहिँला सुरेन्द्र बिनोद, काहिँला केदार बिनोद र कान्छा प्रेमविनोद खनाल हुन् भने तुलसी पराजुली र सरिता बास्तोला दुई छोरी रहेका छन।  कास्कीको रुपामा पुरानो घर भएपनि खनालको परिवार लामो समयदेखि पोखरामा बसोबास गर्दै आएको छ ।

१६ श्रावण २०८२, शुक्रबार २२:१८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा