Play

भत्ता पाएपछि बेपत्ता भएका हायु परिवारका १५ जना पोखराको गगनगौंडामा भेटिए

खोजीको लागि प्रहरीलाई सास्ती, हायु परिवारको पोखरामा मस्ती


गुरुकुल खबर


पोखरा, सिन्धुलीबाट बेपत्ता भएको भनिएको हायु परिवारका सबै १५ सदस्य पोखराको गगनगौंडामा फेला परेका छन् । पोखराको माथिल्लो गगनगौडा क्षेत्रमा बसोबास गरिरहेको अवस्थामा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

कास्कीका प्रहरी प्रमुख (एसपी) श्यामबाबु ओलियाका अनुसार ती सबै जना पोखरामा मजदुरी गर्ने भन्दै काम खोज्न आएका थिए । ‘हामी लेबर काम गर्ने हो, काम खोज्न पोखरा आएका हौँ,’ भनेर उनीहरूले प्रारम्भिक बयानमा बताएका छन्।

उनीहरू स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा बसिरहेका थिए । प्रहरीले हाल सबैलाई इलाका प्रहरी कार्यालयमा ल्याउने कार्य गरिरहेको छ । एसपी ओलियाका अनुसार, ‘उनीहरू पोखरामा १४–१५ दिन बस्ने योजनासहित सिन्धुलीबाट गाडी नै रिजर्भ गरेर आएका रहेछन्।’ होटेलमा एक रात बसेर स्थानीयको घरमा बस्न गएका उनीहरूलाई प्रहरीले होटल छाडेको भोलिपल्टै फेला पारेको हो ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट गत शुक्रवारदेखि हराएको भनिएको हायु परिवारको विषयमा स्थानीय तहले १६ जना बेपत्ता भएको जानकारी दिएको थियो । तर अनुसन्धानका क्रममा एक जना सुजाता हायु काठमाडौँमा श्रीमान्‌सँग बसिरहेको खुलेपछि प्रहरी खोजी १५ जनामै केन्द्रित भएको थियो ।

फेला परेका १५ जनाको सूची यस प्रकार छ :
१. उर्मिला हायु (५२ वर्ष, आमा)
२. कमला हायु (२७ वर्ष, जेठी छोरी)
३. कोमल माया हायु (२३ वर्ष, माइली बुहारी)
४. उषा हायु (१९ वर्ष, छोरी)
५. अस्मिता हायु (१८ वर्ष, छोरी)
६. राजु हायु (२९ वर्ष, जेठो छोरो)
७. हिमाल हायु (२४ वर्ष, माइलो छोरो)
८. लाल बहादुर हायु (१६ वर्ष, साइँलो छोरो)
९. वेग बहादुर हायु (१४ वर्ष, छोरा)
१०. लक्ष्मण हायु (११ वर्ष, छोरा)
११. सुवर्ण हायु (१२ वर्ष, छोरा)
१२. ओम कुमारी हायु (१० वर्ष, छोरी)
१३. अर्जुन हायु
१४. रियासा हायु
१५. शान्ता हायु (१५ वर्ष, छोरी)

प्रहरीले उनीहरू पोखरामा आउनु अघि कुनै आपराधिक नियत थियो वा थिएन भन्ने विषयमा थप अनुसन्धान अघि बढाएको छ । स्थानीय बासिन्दालाई पनि खबर नगरी एकसाथ परिवार नै बेपत्ता भएको घटनाले पहिल्यै तनाव सिर्जना गरेको थियो। हाल उनीहरू सबैको अवस्था सामान्य रहेको र प्रहरीको निगरानीमा राखिएको जनाइएको छ।

१२ श्रावण २०८२, सोमबार २२:१० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा