पोखरा, गण्डकी प्रदेशको पुर्ब प्रदेश प्रमुख पृथ्वीमान गुरुङको ७६ बर्षको उमेरमा निधन भएको छ। विसं २००६ मा कास्कीको माछापुच्छ्रे गाउँपालिका ल्वाङघलेलमा जन्मिएका गुरुङ केहि बर्षदेखि क्यान्सर रोगका कारण गम्भीर बिरामी परेका थिए। २०७८ साउन १२ गते गुरुंगलाई तत्कालिन सरकारले गण्डकी प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गरेको थियो।
नेपाली कांग्रेस चितवनका पूर्व सभापति समेत रहेका गुरुङ पछिल्लो समय चितवनको भरतपुर महानगरपालिका–२६ मा बस्दै आएका थिए उनको परिवार कास्की जिल्लाबाट बसाईं सरेर चितवनमा पुगेको हो यस अगाडी गुरुङ नवलपरासी जिल्लाको भूमि आयोगको अध्यक्ष भएर समेत काम गरेको नेपाली कांगे्रसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले जानकारी दिएका छन ।
नेपाली कांग्रेस विभाजन भएको समयमा उनि नेपाली काँग्रेस प्रजातान्त्रिकको चितवन जिल्ला सभापति समेत रहेर काम गरेका थिए । विसं २०४६ को जनआन्दोलन परिचालन समितिको सदस्य हुँदै कांग्रेसको विभिन्न पदमा रहेर उनि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहेका थिए । उनका एक श्रीमती र दुई छोरामध्ये जेठो छोराको निधन भइसकेको छ भने कान्छा छोरा पनि नेपाल बाहिर रहेकोले उनि नेपाल आएपछि आइतबार मात्र उनको अन्तेष्टि गरिने बुझिएको छ ।