Play

कांग्रेस नेता सिटौला पोखरामा, समसामयिक राजनीति र पार्टी महाधिबेशन बारेमा भनाई सार्बजनिक गर्ने

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेसका नेता तथा पूर्वमहामन्त्री एबम नेपाल सरकारका पुर्ब उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले शनिबार पोखरामा पार्टीका कार्यकर्ताहरु माझ आफ्नो भनाई राख्नेभएका छन। नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिको ब्यानरमा हुन लागेको ‘वर्तमान राजनीतिक अवस्था र नेपाली कांग्रेसको जिम्मेवारी’ विषयक अन्तरक्रिया कार्यक्रममा सिटौलाले आफ्नो भनाई सार्बजनिक गर्ने भएका हुन ।

पोखराको सृजनाचोक स्थित व्ह्वाइट हाउस पार्टी प्यालेसमा हुने उक्त कार्यक्रममा नेता सिटौलाले मुलुकको समसामयिक राजनीतिक अबस्थाको बारेमा आफ्नो भनाई राख्ने बुझिएको छ।  तर, नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक केहि दिन अगाडी मात्र सकिएको र पार्टीको केन्द्रीय अनुशासन समितिको बैठकले पार्टीका केहि नेताहरुलाई निलम्बन एबम निष्कासनको कारबाही गर्ने निर्णय सार्बजनिक भएलगत्तै पोखरामा यस किसिमको कार्यक्रम हुन लागेकोले यस्ता बिषयमा पनि चर्चा हुने अपेक्षा गरिएको छ ।

निष्काशनमा परेका नेता कृष्ण केसी, गण्डकी प्रदेशका पूर्व मन्त्री कुमार खड्का लगायत भावना श्रेष्ठ कास्कीको पोखराकै भएको कारण उनिहरुमाथि गरिएको कारबाहीलाई लिएर कांग्रेस कार्यकर्ताहरु समेत चिन्तित भएको बुझिएको छ।

उक्त कार्यक्रममा सिटौलाले मुलुकको मात्र नभएर पार्टीको आन्तरिक राजनीतिको बारेमा समेत आफ्नो भनाई राख्ने अनुमान कार्यकर्ताहरुको रहेको छ।  पार्टीको १५ औं महाधिबेशन कहिले हुने र सभापति पदमा को को उमेदवार बन्ने भन्ने चर्चा भैरहेको बेला कांग्रेस केन्द्रीय सदस्य समेत रहेका सिटौलाले पोखरामा हुने भेलामा आफ्नो धारणा स्पष्ट रुपमा राख्ने अपेक्षा कांग्रेस कार्यकर्ताहरुले गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले अबको महाधिबेशनमा आँफु पार्टी नेतृत्वको लागि प्रतिष्पर्धा नगर्ने अभिव्यक्ति सार्बजनिक गरेको कारण आगामी महाधिबेशनमा सभापति पदमा कसकसले उमेद्वारी दिने भन्ने स्पष्ट हुन सकेको छैन। नेपाली काँग्रेस भित्र संस्थापन अर्थात देउवा समुहबाट कसले नेतृत्व लिने भन्ने स्पष्ट नभएको र नेता सिटौला समेत देउवा समुहबाट सहयोग लिएर सभापति पदमा चुनाब लड्ने चर्चा चलिरहेको अबस्थामा पोखरामा हुने सिटौलाको कार्यक्रमलाई कतिपयले चुनाबी प्रचारको झल्को समेत भन्न थालेका छन ।

नेता सिटौला सहित पार्टीका पुर्ब पदाधिकारीहरु डा. शशांक कोइराला,  गोपालमान श्रेष्ठ, बिजय गच्छदार, प्रकासमान सिंह, बिमलेन्द्र निधि र डा. प्रकाश शरण महत गरि सात जना एकै ठाउँमा रहेको चर्चा समेत चलेको बेला सिटौलाले कार्यकर्ताहरु माझ के कस्तो अभिव्यक्ति दिन्छन भनि प्रतिक्षा समेत हुने गरेको कतिपय कार्यकर्ताको भनाइ छ ।

देउवा समूह अर्थात पार्टीको संस्थापन समुहबाट नेता सिटौला सहित पार्टीका उपसभापति पूर्णबहादुर खड्का, पूर्व महामन्त्री डा. शशांक कोइराला, नेपाल सरकारका उपप्रधानमन्त्री एबम पुर्ब उपसभापति प्रकाशमान सिंह, पुर्ब उपसभापति बिमलेन्द्र निधि र पार्टीका प्रबक्ता डा. प्रकाश शरण महत लगायतले पार्टीको सभापति पदमा सभापति देउवाको समर्थनमा उमेद्वारी दिने सोच बनाएको बुझिएको छ।

तर, देउवा स्वयमले कसलाई सहयोग गर्ने हुन् भन्ने अझै सम्म पनि सार्बजनिक हुन नसकेको भएपनि संस्थापन इतर समुहबाट भने पार्टीका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले सभापति पदमा उमेदवारी दिने करिब पक्का जस्तै भएको छ ।

 

२८ असार २०८२, शनिबार ००:०८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा