Play

पोखरा विश्वबिद्यालय साधारण सभा: एक अर्ब ५४ करोडको बजेटसहित नीति तथा कार्यक्रम पारित

बिद्यार्थीहरु सहितका अन्य प्रतिनिधि बिना नै त्रिवि सभा बस्दै, अधिकांश विश्वबिद्यालयको सभा बालुवाटारमा


गुरुकुल खबर


काठमाडौँ–  पोखरा विश्वविद्यालयको २५ औँ साधारणसभाको बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ५४ करोडको बजेटसहित नीति तथा कार्यक्रम पारित गरेको छ ।

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार सम्पन्न बैठकले विश्वविद्यालयको शिक्षक कर्मचारीसम्बन्धी नियमावली, २०५५ र आर्थिक नियमावली, २०५५ सेवा आयोग र पुनरावेदन समितिसम्बन्धी नियमावली, २०५७सहित विभिन्न नियमावलीमा संशोधन प्रस्ताव पारित गरेको छ ।

बैठकमा कुलपति ओलीले विश्वविद्यालयलाई अनुसन्धानमूूलक र प्रतिस्पर्धीरुपमा सञ्चालन गर्न आग्रह गर्दै स्वदेशमै उत्कृष्ट उच्चशिक्षा सम्भव छ भन्ने भावनालाई सार्थक तुल्याउनुुपर्ने कुरामा जोड दिए ।

सिनेट बैठकमा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तले २१ औँ शताब्दीका लागि आवश्यक पर्ने जनशक्ति उत्पादनमा लाग्न आग्रह गरे ।

उपकुलपति प्रा.डा. वेदराज केसीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपलब्ध स्रोत साधनको उपयोग गरी विश्व बजारको माग अनुसारको शिक्षा दिन विश्वविद्यालयले भरमग्दुुर प्रयास गर्ने बताए ।

पोखरा विश्वविद्यालयमा चार सङ्कायअन्तर्गत चार आङ्गिक महाविद्यालय, तीन संयुक्त आङ्गिक महाविद्यालय र ५८ वटा सम्बन्धन प्राप्त महाविद्यालयमार्फत ६८ शैक्षिक कार्यक्रम संचालन भैरहेको छन । हाल विभिन्न संकाय र तहमा गरि ३४ हजार ६ सय ७९ विद्यार्थीहरू अध्ययनरत रहेको पोखरा विश्व बिद्यालयले जनाएको छ ।

बिद्यार्थीहरु सहितका अन्य प्रतिनिधि बिना नै त्रिवि सभा बस्दै 

त्रिभुवन विश्वविद्यालयको सभा (सिनेट) भोलि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सिनेटबाट आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम पारित गर्ने कार्यक्रम रहेको छ ।

विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिविका उपकुलपति प्राडा खड्क केसीलाई पत्राचार गरेर २६ गते सिनेट बस्ने जानकारी गराएका थिए । सोही आधारमा त्रिविले आवश्यक तयारी गरेको छ । तर, सभा सीमित सिनेट सदस्यहरूको उपस्थितमा हुने देखिएको छ ।

त्रिवि कार्यकारी परिषद्ले नियुक्त गर्नुपर्ने विद्यार्थी प्रतिनिधिहरूलाई अहिलेसम्म नियुक्त गर्न सकेको छैन । त्रिवि स्ववियु अध्यक्ष दीपकराज जोशीले विद्यार्थीको प्रतिनिधित्व बिना नै सभा बोलाइएको बताए । दुई दिन अगाडि एजेन्डासहित जानकारी गराउनुपर्ने, विद्यार्थीहरू तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यहरू नियुक्त गरिसक्नुपर्ने विषय अहिलेसम्म नभएको उनको भनाइ छ ।

कार्यकारी परिषद्ले विद्यार्थी, उद्योग व्यवसायी लगायतको तर्फबाट १० जना सदस्य नियुक्त गर्नुपर्ने हुन्छ । तर, अहिलेसम्म आफूहरूलाई केही जानकारी नआएको जोशीको भनाइ छ । प्रधानमन्त्रीको कब्जामा त्रिवि परेको भन्दै उनले विद्यार्थीको प्रतिनिधित्व नभई सभा बस्न नहुने बताए ।

यसअघि असार २२ गतेका लागि त्रिवि सभा बोलाइएको थियो । प्रधानमन्त्रीकै निर्देशनमा अघिल्लो दिन सभा स्थगित भएको थियो ।  सभा स्थगित गर्दै प्रधानमन्त्री ओली पुल उद्घाटन गर्न हुम्ला गएका थिए ।

प्रधानमन्त्री ओलीले यो पटक अधिकांश विश्वविद्यालयको सभा बालुवाटारमै बोलाएका हुन् ।

२५ असार २०८२, बुधबार १६:५८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा