Play

म्याग्दीको मालिकामा घाँस काट्न गएका बाबु छोरा नै पहिरोमा परि बेपत्ता

गुरुकुल खबर


म्याग्दी– पश्चिम म्याग्दीको मालिका गाउँपालिका–३, लुक्सीपारमा घाँस काट्न गएका बाबुछोरा पहिरोमा परेर बेपत्ता भएका छन् । बुधबार दिउँसो घर नजिकै बारीमा घाँस काट्ने क्रममा एक्कासि माथिबाट आएको पहिरोमा परेर ३५ वर्षीय जगेन्द्र विक र १२ वर्षीय सरोज विक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

लुक्सीपारमा माथिबाट खसेको पहिरोमा परिँदा दुई जना बेपत्ता भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले बताए । पहिरो र मानिस बेपत्ता भएको घटनाको विषयमा थप जानकारी आउने क्रममा रहेको बताउँदै उनले घटनास्थलमा इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरी निरीक्षक सोमदास ढकालको नेतृत्वमा प्रहरीको टोलीलाई घटनास्थल पठाइएको समेत उल्लेख गरे ।

बेपत्ता भएकाहरूको स्थानीयवासी र जनप्रतिनिधिले खोजी थालेका छन् । जल तथा मौसम विज्ञान विभागको म्याग्दीको दरबाङस्थित वर्षा मापन केन्द्रको अभिलेख अनुसार बुधवार बिहान ६ बजेदेखि मालिका गाउँपालिका क्षेत्रमा भारी वर्षा भइरहेको छ । बुधबार दिउँसो २ बजेसम्म मालिका गाउँपालिका ६ दरबाङ क्षेत्रमा १ सय १५ मिली लिटर वर्षा मापन भएको छ ।

२५ असार २०८२, बुधबार १६:१६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा