Play

पोखराको सफल निरमाया दोहोरी सांझले एक्काइसौँ वार्षिकोत्सव मनाउंदै

गुरुकुल खबर


पोखरा, पोखराको महेन्द्रपुलमा संचालित सफल निरमाया दोहोरी सांझ एण्ड रेष्टुरेन्ट प्रालिले आफ्नो २१औं वार्षिकोत्सव विशेष कार्यक्रमसहित रूपमा मनाउने भएको छ। वार्षिकोत्सवको अवसरमा आयोजित सांगीतिक कार्यक्रममा लोकदोहोरी क्षेत्रका कलाकारहरू गीता पाइजा, श्याम राना, टीका सानु, सिद्धार्थ आले, माया गुरुङ र चीज गुरुङले प्रस्तुति दिने भएका छन ।
असार १५ देखि २० गते सम्म आयोजना हुने वार्षिकोत्सवमा नियमित कलाकारको समेत प्रस्तुति रहने  संचालक इन्द्रा पुनले जानकारी गराइन ।
रेष्टुरेन्टका अर्का सञ्चालक जीवन गुरुङका अनुसार, दुई दशकभन्दा लामो यात्रामा रेष्टुरेन्टले लोकसंस्कृति संरक्षण र प्रवर्द्धनमा उल्लेखनीय योगदान गर्दै आएको छ।
उनले भने, “हाम्रो उद्देश्य केवल व्यवसायिक सेवा मात्रै होइन, नेपाली मौलिक लोकसंस्कृति र पहिचानलाई जगेर्ना गर्नु पनि हो। यसै उद्देश्यले हरेक वर्ष वार्षिकोत्सवलाई सांगीतिक माहोलमा मनाउँदै आएका छौं।”
उनका अनुसार यो कार्यक्रमले नयाँ पुस्तामा लोकसंस्कतिको रुचि थप जगाउने विश्वास गरिएको छ। कार्यक्रममा उपस्थित दर्शकले कलाकारहरूको प्रत्यक्ष प्रस्तुति, लोकदोहोरी गीत, नृत्य र विविध मनोरञ्जनात्मक कार्यक्रमको मजा लिन सक्नेछन्।
रेष्टुरेन्टले आगामी दिनहरूमा अझ गुणस्तरीय सेवा, स्वादिष्ट परिकार र सांगीतिक माहोलमार्फत ग्राहकहरूको मन जित्दै अघि बढ्ने प्रतिवद्धता जनाएको छ।

१८ असार २०८२, बुधबार १५:०१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा