पोखरा, संविधानसभा सदस्य एवं नेपाली कांग्रेस बाराका पूर्व सचिव रामअयोध्या प्रसाद यादवको ७२ वर्षको उमेरमा वीरगञ्ज स्थित अस्पतालमा उपचारका क्रममा निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका वडा नं. २ निवासी स्वर्गीय यादव लामो समयदेखि मधुमेहबाट पीडित यादब २०७० सालको संविधानसभा निर्वाचनमा बारा क्षेत्र नं. १ बाट उहाँ निर्वाचित हयेका थिए ।
स्वर्गीय यादवले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनको निधनबाट नेपाली कांग्रेसले एक अग्रज र अनुभवी राजनीतिज्ञलाई गुमाएको भन्दै नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन “संविधानसभा सदस्य एवं बाराका पूर्व जिल्ला सचिव रामअयोध्या प्रसाद यादवको निधनको खबरले मलाई अत्यन्त स्तब्ध र दुःखीत बनाएको छ । स्वर्गीय यादवले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गर्नु भएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहिरहनेछ । उहाँप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछु ।”। देउबाले जारी गरेको शोक सन्देशमा भनिएको छ
यसैगरी नेपाली कांग्रेस बाग्लुङका पूर्व जिल्ला सभापति एबम २०४८ सालमा बाग्लुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेस जेष्ठ राजनीतिज्ञ सभाका पूर्व सदस्य गोविन्दप्रसाद शर्मा कण्डेलको चितवनमा निधन भएको छ । बाग्लुङको बिहूँकोटमा वि.सं. १९९५ पौष १४ गते जन्मनु भएका कण्डेल वि.सं. २०१० सालमा जननायक बी.पी. कोइरालाबाट पार्टी सदस्यता प्राप्त गरेका कंडेल वि.सं. २०१९ सालमा गुल्मी, अर्घाखाँची र पाल्पाको कमाण्डर भर्ई वनारसबाट तरूण पत्रिका लिएर जाने क्रममा पाल्पामा गिरफ्तार भएका थिए । निरंकुश पञ्चायती व्यवस्थाको विरुद्धमा र लोकतन्त्रको पक्षमा भएका संघर्ष र आन्दोलनहरूका क्रममा वि.सं. २०१९ देखि २०४६ सालसम्म पटक–पटक गरी उनले ७ वर्ष जेल जीवन बिताएको बताइएको छ ।
यसैबीच नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कंडेलको निधनप्रति शोक ब्यक्त गर्दै नेपाली कांग्रेस बाग्लुङका पूर्व सभापति, पूर्व सांसद एवं नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा गोविन्दप्रसाद शर्मा कण्डेलको निधनको खबरले अत्यन्त स्तब्ध र दुःखीत बनाएको उल्लेख गरेका छन । स्वर्गीय कण्डेलले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गर्नु भएको योगदान पार्टीमा सदा स्मरणीय रहिरहनेछ । उहाँप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछु ।” देउबाले शोक सन्देशमा भनेका छन