Play

राप्रपाकी प्रदेश सांसद बिन्दुको भनाईमा सांसद सुनीताको आपत्ती, सदनको अभिलेखबाट हटाउन समेत माग

गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेशसभाकी सदस्य सुनीता थापाले राप्रपाको तर्फबाट प्रदेश सभा सदस्य रहेकी बिन्दु पौडेलले प्रदेशसभाको बैठकमा बोल्ने क्रममा ‘अन्धोपन र अन्धो त भएको थिएन’ भन्दै बोलेको कुराप्रति आपत्ति प्रकट गर्दै उक्त अभिव्यक्तिलाई सदनको अभिलेखबाट हटाउन समेत माग  गरेकी छन। सभामुख मार्फत् सांसद पौडेललाई औपचारिक चेतावनी दिइनुपर्ने र यस्ता अपमानजनक भाषाको प्रयोग दोहोरिन नदिन प्रदेशसभा भित्र आवश्यक निर्देशन जारी गरिनुपर्ने समेत उनले माग गरिन।

चालु अधिवेशनमा आर्थिक वर्ष २०८२/२०८३ को मन्त्रालयगत छलफलका क्रममा प्रदेशसभा सदस्य बिन्दु पौडेलले ‘अन्धोपन र अन्धो त भएको थिएन’ भन्ने अभिव्यक्ति दिंदै सरकारमा रहेकाहरु प्रति ब्यङ्ग गरेकी थिईन । पौडेलको अभिव्यक्तिले दृष्टिविहीन व्यक्ति तथा अपांगता भएका समुदायको गरिमा र आत्मसम्मानमा गम्भीर चोट पुगेको भन्दै प्रदेश सभा सदस्य थापाले सदनको नियमावली विपरीत भएको समेत स्पष्ट पारिन ।

सांसद थापाका अनुसार उक्त अभिव्यक्तिले अपांगता भएका व्यक्तिहरू, विशेषगरी दृष्टीविहीन समुदायको गरिमा, पहिचान र आत्मसम्मानमा प्रत्यक्ष आघात पुर्‍याएको छ । उनले गण्डकी प्रदेशसभा नियमावली, २०८० को नियम २० (घ) तथा नियम २५ को स्पष्ट उल्लंघन भएको भन्दै अभिव्यक्तिलाई सदनको अभिलेखबाट हटाउन माग गरिन् ।

थापाले प्रदेशसभा सबै नागरिकको प्रतिनिधित्व गर्ने मर्यादित थलो भएको स्मरण गराउँदै त्यस्तो ठाउँबाट विभेदकारी र अपमानजनक शब्द प्रयोग हुनु लज्जास्पद भएको टिप्पणी गरेकी छन् । उनले अपांगता भएका व्यक्तिको गरिमा जोगाउन सबै सांसद जिम्मेवार हुनुपर्नेमा जोड दिएकी छन् ।

यता प्रदेश सभा सदस्य बिन्दु पौडेलले भने कुनै समुदाय विशेषलाई होच्याउने मनसायले ती शब्द प्रयोग नगरेको दाबी गरिन । कविताका अंशमा प्रयुक्त शब्द प्रयोग गर्दा दुख मान्नुपर्ने कारण छैन भन्दै उनले प्रदेशसभा नियमावली, २०८० को नियम २० (घ) तथा नियम २५ अनुसार नियमापत्तीको प्रक्रिया नै गलत रहेको बताइन् ।

‘मैले बोल्दै गर्दा उठेर नियमापत्ति गर्नुपर्नेमा म पछि २ सांसदले बोलेपछि मात्र नियमापत्ति भएको छ, बोल्दा बोल्दै रोकेको भए सभामुखबाट केही आदेश आउँथ्यो होला, त्यसो पनि भएन,’ उनले भनिन् ।

बैठकको अध्यक्षता गरिरहेकी उपसभामुख बिनाकुमारी थापाले नियमापत्तिबारे ध्यानाकर्षण भएको जनाउँदै बैठकको कारवाही अगाडि बढाएकी थिइन् । सभामुख कृष्णप्रसाद धितालले सदनको ध्यानाकर्षण भएको विषय भएकाले ती शब्दहरु हटाउने नहटाउने बारेमा छलफलपछि निर्णय गरिने बताए ।

१० असार २०८२, मंगलवार २०:४८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा