Play

गण्डकी कोटीहोममा करिब ३५ करोड खर्च भयो, सबै खर्चको ब्यबस्थापन गर्दैछौं- बिजय कृष्णमुर्ती

२०८४ को मङ्सिरमा पोखरामा अतिरुद्रभिशेक विश्वकल्याण बिराट ज्ञान महायज्ञ गर्ने तयारीमा बिजय कृष्णमुर्ती


गुरुकुल खबर


पोखरा, पोखरामा हालै सम्पन्न गण्डकी कोटिहोमकोका संकल्पकर्ता बालयोगेश्वर बिजयकृष्ण मुर्तीले गण्डकी काेटिहाेम ज्ञानमहायज्ञ संचालनको क्रममा करिब ३५ करोड खर्च भएको दाबि गरेका छन। उनले महायज्ञबाट करिब १० करोड रुपैया संकलन भएको र आँफुसंग भएको करिब १० करोड रुपैया समेत महायज्ञ संचालनको क्रममा खर्च भएकोले १५ करोड रुपैया जति ऋण लागेको स्पष्ट पार्दै आगामी श्राबण महिनासम्ममा सबैको ऋण तिर्नेगरि आर्थिक ब्यबस्थापन गर्ने तर्फ आँफु लागिरहेको जानकारी दिए।

पोखरा -६ लेकसाइडको जग्गामा महायज्ञ गर्ने तय गरि सबैजसो काम अगाडी बढेको, सोहि अनुसार प्रचार प्रसार सामग्री तयार भैसकेको, नेपाल ट्रष्टलाई दिनुपर्ने लेकसाइडको जग्ग्गको भाडा सहित पोखरा महानगरलाई तिर्नुपर्ने कर समेत हामीले तिरीसकेका थियौ। तर, अन्तिम अबस्थाम्मा एक्कासी महायज्ञस्थल परिबर्तन गरेर  हतारमा सबै तयारी गर्नुपर्दा सोचेको भन्दा बढी खर्च हुन पुगेको हो उनले गुरुकुल खबरलाई जानकारी दिए ।

पोखरा -१७ बिरौटाको जग्ग्गा महायज्ञ संचालन गर्ने किसिमको भन्दा धान रोप्ने खेत भएको कारण महायज्ञ स्थलको स्वरुपमा ल्याउँन आबश्यक पुर्वाधार तयारी गर्दा पनि धेरै खर्च हुन पुग्यो। त्यसबाहेक पोखरामा हावा हुरी र बर्षाको कारण हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्नको लागि पनि महायज्ञस्थलमा सोहो अनुरुपका पन्डाल र संरचना बनाउनुपर्ने बाध्यताका कारण पनि सोचे भन्दा बढी खर्च भएको महायज्ञका संकल्पकर्ता बालयोगेश्वर बिजयकृष्ण मुर्तीले गुरुकुल खबरलाई जानकारी दिए ।

यसै सन्दर्भमा उनले भने ‘जिबनमा पहिलो पटक आर्थिक रुपमा अलि बढी कठिनाई अहिले भोग्नुपरेको छ। तर, केहि समयको अन्तरालमा सबै हिसाब मिलाउने छु।’ पोखराको महायज्ञमा भएको बिशाल उपस्थितिले महायज्ञ भव्यतापुर्बक सम्पन्न भएको महशुस भएको उनले बताए। महायज्ञ आयोजकले महायज्ञ संचालनको क्रममा भएको खर्चको ब्यबस्थापन कसरी गर्लान त भन्ने प्रश्न उठ्दै गरेको बेला महायज्ञका संकल्पकर्ता बिजय कृष्णमुर्तीले महायज्ञ संचालनका क्रममा पोखरा क्षेत्रमा भएको सम्पूर्ण खर्चको जिम्मेवारी मानव सेवा फाउन्डेसन र आफ्नो भएको समेत स्पष्ट पार्दै चिन्ता नलिन र अनाबश्यक आलोचना नगर्न समेत आग्रह गरेका छन।

उनले महायज्ञ संचालनको क्रममा भएको आर्थिक कारोबार मध्ये करिब ९० प्रतिशत हिसाब मिलिसकेको समेत दाबि गरेका छन । उनले सामाजिक संजालमार्फत पोखरामा कोहि कसैले महायज्ञ संचालनका क्रममा गरेको खर्चको हिसाब चुक्ता गर्नुपर्ने भएमा मानव सेवा फाउन्डेसनको पोखरास्थित कार्यालयमा र असार १० गतेसम्म काठमाडौँ कार्यालयमा बिल सहित भुक्तानी दाबी गर्न आउन आग्रह गरेका छन ।

यसैबीच पोखरामा महायज्ञ सम्पन्न भए लगत्तै काठमाडौँमा अर्को अनुष्ठान शुरु गर्ने तयारीमा बाल योगेश्वर बिजयकृष्ण मुर्तीसहित मानव सेवा फाउन्डेसनको टिम लागेको छ। काठमाडौँ पछि कोशी प्रदेश सहित अन्य प्रदेशमा समेत यस किसिमको महायज्ञ गर्ने तयारीमा उनि रहेको छन। “२०८४ सालको बैशाखमा भने पोखरामा नै अर्को बिशाल धार्मिक अनुष्ठान गर्ने तयारी गरिरहेको उनले बताए  ‘पोखरामा अतिरुद्राभिशेक विश्व कल्याण बिराट ज्ञानमहायज्ञ २०८४ बैशाखमा गर्नको लागि २०८३ को मङ्सिरबाट नै तयारी थाल्नेछौं । यो अनुष्ठान यस अगाडिको भन्दा पनि सभ्य र भब्य बनाउने सोचमा छौं।” उनले भने ।

पोखरामा आयोजित गण्डकी कोटिहोमलाई ऐतिहासिक रूपमा सफल पार्न सहयोग सबैप्रति आभार प्रकट गरेका छन। कोटीहोम स्थल नाजिकका आमसर्बसाधारणको सेवाभाव, त्याग, आतिथ्यता, समर्पण र सहकार्यले आफुहरुलाई उर्जा मिलेको भन्दै उनले कोटीहोमको सफलताको मूल आधार स्थानीय भक्तजन भएको उल्लेख गरेका छन।

कोटीहोम महायज्ञ एउटा कार्यक्रम मात्र नभएर धर्मलहरको संकल्प समेत हो भन्दै उनले गण्डकी क्षेत्रको वक्षस्थलमा गुञ्जिएको मन्त्र–ध्वनि, उडेको धुप–धूवाँ, जलेको समिधा र बजेको डमरुको ताल सबैमा स्थानीय भक्तजनको आँशु, पसिना र आस्था मिसिएको र यहि नै यज्ञको सफलताको मेरुदण्ड भएको उनले उल्लेख गरेका छन।

यसैगरी उनले गण्डकी कोटिहोमलाई सफल, सुव्यवस्थित र गरिमामय बनाउने साझा प्रयत्नमा निरन्तर साथ् र सहयोग अनि हौसला दिनेविभिन्न धार्मिक संघ, संस्थाको साथै विभिन्न तहको सरकार, सुरक्षा निकाय, विभिन्न स्वास्थ्य संस्थाहरु सहित बिभिन्न सरकारी एबम गैरसरकारी संस्था प्रति समेत उनले आभार प्रकट गरे।

उनले कोटिहोमजस्तो युगप्रेरक यज्ञयात्रालाई देश विदेशमा रहेका लाखौं श्रद्धालु भक्तजनहरूसम्म सजीव रूपले पुर्याउने र गण्डकी क्षेत्रको पवित्र भूमिबाट उठेको मन्त्र–ध्वनिलाई विश्वभर गुञ्जाइदिने संचारकर्मीहरुमा पनि आभार प्रकट गरेका छन ।मोबाइल स्क्रिनमा, टेलिभिजन सेटमा, सामाजिक सञ्जालका भित्ताहरूमा गुञ्जिएको कोटिहोमको छवि संचारकर्मीहरुको अथक मेहनतको प्रतिफल रहेको उनले उल्लेख गरेका छन।

 

८ असार २०८२, आईतवार १०:५५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा