पोखरा, गण्डकी प्रदेश सभामा प्रदेश सरकारले ल्याएको आब २०८२/८३ को बजेट माथिको छलफलमा प्रदेश सांसदहरुले बोल्ने क्रम जारी छ। यसै क्रममा बुधबार प्रदेशसभाका विभिन्न सदस्यहरुले प्रस्तावित बजेट माथि बोल्दै विभिन्न सुझाब दिएका थिए। सत्तारुढ दलका कतिपय सांसदहरुले समेत सरकारको कार्यशैलीको आलोचना गरेका थिए। जनप्रतिनिधिहरुले जनताको आवाज बोल्नुपर्ने मान्यता भएपनि सत्तारुढ दलका सांसदले सरकारलाई सच्चिनको लागि र काममा सुधार गर्नको लागि सुझाब दिंदा कतिपय सत्तापक्षकै नेता सांसदहरुले अन्य सांसदको आलोचना गरेका थिए।
जनताको आवाज बोल्दा र प्रदेश सरकारको बजेटले जनताको निराशालाई न्यून गर्न र जनतामा देखिएको बितृष्णालाई कम गर्न सक्नुपर्ने सुझाब दिंदा एकजना सत्तापक्षकी सांसद सुनिता थापालाई सत्तापक्षकै अर्का सांसद एबम पुर्ब मुख्य मन्त्री खगराज आचार्यले प्रदेश सभाको हलभित्रै अपमानित गर्ने काम गरेको जानकारी एक प्रदेश सभा सदस्यले गुरुकुल खबरलाई जानकारी दिए।
बजेट माथिको छलफलमा बोल्ने क्रममा प्रदेश सभा सदस्य सुनिता थापाले संघिय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संबिधान बनेको एक दशक पुरा भएको र सोहि संबिधान अनुरुप तिन तहका सरकार बनेको भएपनि जनताको अपेक्षा पुरा हुन नसकेको भन्दै जनतामा देखिएको निराशालाई आशामा र बितृष्णालाई खुसीमा रुपान्तरण गर्न सक्ने बजेट र योजना आउनुपर्ने खाँचो औंल्याएकी थिईन ।
नेपाली काँग्रेसकी प्रदेश सांसद थापाले नागरिकले गरेको आशा निराशामा परिणत हुन पुगेको र सरकारले आम जनतालाई गर्नुपर्ने सेवाप्रबाह चुस्त र प्रभावकारी हुननसक्दा अहिलेका सरकार र शासन ब्यबस्थामाथि समेत जनस्तरबाट प्रश्न उठ्न थालेको बताइन। उनले भनिन ‘यो तपाइँ हामी सबैको लागि गम्भीर चिन्ताको बिषय हो।’ ‘पूरक एसिया’ नामको एउटा अनुसन्धान संस्थाले गण्डकी प्रदेशमा गरेको नागरिक असन्तुष्टि सर्वेक्षण प्रतिबेदन लाई उधृत गर्दै थापाले अहिलेको सरकारको कामबाट जनता सन्तुष्ट नरहेको र देशको राजनीति नै गलत दिशामा गइरहेको अभिमत व्यक्त गरेको उल्लेख गरिन ।
यसैगरी सीप अनुसारको रोजगारी नपाएको, उद्यमशीलताका लागि सरकारी व्यवहार असहयोगी भएको भन्ने प्रतिक्रिया दिनेहरुको संख्या पनि बढ्दो रहेको भन्दै उनले युवाको विदेश पलायनप्रति ८८ प्रतिशत नागरिक चिन्तित बनेका छन भने विचौलिय बिना सरकारी सेवा लिन झन्झट हुने गरेको, राजनीतिक नेतृत्वबाट भ्रष्टाचारलाइ संरक्षण गर्ने गरिएको, नियुक्ति र ठेक्कापट्टामा नातावाद–कृपावाद हुने गरेकोले राजनीतिक नेतृत्वप्रति विश्वास घट्दै गएको बताएकी थिइन। प्रदेश सांसद थापाले भनिन, “तसर्थ गण्डकी प्रदेश सरकारको यो बजेटले आम नागरिको निराशालाई आशामा परिणत गर्दै सेवा प्रबाह अर्थात सर्बिस डेलिबरी लाई प्रभावकारी बनाएर सरकार, राजनीतिक दल र राजनीतिक नेतृत्व, अनि ब्यबस्था प्रति देखियको असन्तुष्टिलाई न्युन गर्न सफल हुनुपर्छ भन्नेमा म विश्वस्त छु।”
प्रदेश सांसद थापाले युवा, महिला, अपांगता सहित पिछडिएको बर्गको लागि समेत बजेटले सम्बोधन गर्नुपर्ने कुरामा जोड दिंदै अहिलेको बजेट सर्वगुण सम्पन्न नभएपनि ‘बहुजन हिताय र बहुजन सुखाय’को मर्म अनुसार आएको भन्दै बजेटको प्रभावकारी कार्यान्वयनमा समेत जोड दिएकी थिईन ।
सत्तारुढ दल नेपाली काँग्रेसकी प्रदेश सांसद सुनिता थापाको उक्त भनाई सुनेका नेकपा एमालेका प्रदेश सांसद तथा पुर्ब मुख्यमन्त्री खगराज अधिकारीले थापाले बोलेर सक्दा नसक्दै असन्तुष्टि प्रकट गरे। उनले प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र पाण्डे समक्ष तत्काल प्रमुख सचेतक मार्फत प्रदेश सभा सदस्य सुनिता थापालाई सचेत गराउन समेत माग गरे। अधिकारीले सत्तापक्षको सांसद भएर पनि नेकपा एमाले सहितको संयुक्त सरकारको आलोचना गर्दै संघियता बिरोधिहरुलाई बल पुग्नेगरि बोलेको भन्दै आक्रोश ब्यक्त गरेपछि त्यहा उपस्थित कतिपय प्रदेश सांसदहरु अचम्ममा परेका थिए।
उनको शैली देखेका अन्य सांसदहरुले भने एकजना महिला त्यसमाथि श्रवन शक्ति नभएकी सांसदलाई अपमानित गर्ने काम भएको भन्दै चिन्ता जाहेर गर्न थाले। अपांगता अर्थात कान सुन्न नसक्ने सांसद सुनिताले यस्ता सबै कुरा तत्काल थाहा नपाएपनि केहि समयमा भने अन्य सांसद र दोभासेले जानकारी गराएपछि उनले आफुलाई अपमानित गर्ने प्रयास एमालेका नेता एबम पुर्ब मुख्य मन्त्री अधिकारीले गरेको महशुस गरेकी थिइन।
यसै सन्दर्भमा उनले भनिन, “मैले त जनताको आवाज यस्तो छ भनेर हाम्रो सरकारले प्रस्तुत गरेको बजेटले जनताको आवाज सम्बोधन गर्न सक्नुपर्छ भनेर भनेकी थिए, तर मेरो बोलि सुन्ने बित्तिकै प्रदेश सभाको हल भित्रै मलाई अपमान गर्ने किसिमले एमाले नेता अधिकारीले केहि कुरा बोल्नुभएको रहेछ भन्ने मलाई पछि थाहा भयो” शायद वहाँलाई जनता र नागरिकको गुनासो सम्बोधन गर्न मन लागेन होला र त प्रदेश सभाभित्रै अर्को माननीयलाई अपमानित गर्ने प्रयास गर्नुभएको होला।”
एमाले नेता अधिकारीको करा सुनेपछि मुख्यमन्त्री पाण्डेले यसबारेमा आफुले स्पष्टसंग बुझेर के गर्नुपर्ने हो त्यहि गर्ने प्रतिक्रिया दिएको भएपनि कांग्रेसका अर्का प्रदेश सभा सदस्य डिल्लीराज सुबेदीले थापाले जनताको गुनासो र निराशालाई सम्बोधन गर्नुपर्ने भन्दै सरकारलाई सुझाब दिएको भनेर बुझाएपछि भने मुख्यमन्त्री पाण्डे मौन बनेको बताइएको छ ।
उक्त बैठकमा सरकारको कार्यशैलीको आलोचना गर्नेहरुमा एमाले सांसदहरु सहित अन्य पनि थिए । तर, अरुलाई केहि नभनेका एमाले नेता अधिकारीले कान सुन्न नसक्ने सांसदको भनाइलाई लिएर आक्रोश ब्यक्त गरेकोमा भने अन्य सांसदले समेत चिन्ता व्यक्त गरे। प्रदेश सांसद सरस्वती गुरुंगले एकजना महिला र अपाङ्ग प्रदेश सभा सदस्यमाथि अपमानको प्रयास भएको भन्ने टिप्पणी गरिन। अर्का प्रदेश सभा सदस्य डिल्लीराज सुबेदीले सांसदले जनस्तरमा उत्पन्न गुनासो भन्नु स्वाभाविक हो भन्दै थापाले प्रस्तुत बजेटले जनताको गुनासो सम्बोधन गर्न सक्नुपर्ने बताउँदा गल्ति बोलेको भन्ने आँफुलाई नलागेको प्रतिक्रिया दिए।
एमाले नेता अधिकारीले प्रदेश सभाको बैठकमा कुनै एनजीओको नाम लिएर बोलेको भन्दै सुनिता थापाप्रति आक्रोश ब्यक्त गरेको तर सोहि संस्थाको नाम लिएर बोल्ने माओबादी नेता हरिबहादुर चुमानलाइ भने केहि नभनेको अर्का प्रदेश सांसदले गुरुकुल खबरलाई बताए। प्रदेश सभामा बिपक्षी दलको नेता समेत रहेका चुमानले पुरक एसिया भन्ने संस्थाको प्रतिबेदनको बारेमा छोटो चर्चा गर्दै सरकारको खर्च गर्न सक्ने क्षमटा कम्जोर रहेकोमा गर्ब गर्नेकी ? भनि प्रश्न गरे।
उनले भने “बर्षको नगद मौज्दात दुई अर्ब बढी छ। यो रकम खर्च गर्न नसकेकोमा हामीले गर्ब गर्नुपर्छ।”उनले भौतिक पुर्बधर र उर्जा जलश्रोत मन्त्रालयमा अघिल्लो बर्षको भुक्तानी गर्नुपर्ने दायित्व मध्ये कति यस बर्ष भुक्तानी गर्ने भन्ने स्पष्ट पार्नुपर्नेमा त्यस्तो नगरेको भन्दा पारदर्शी हुन सरकारलाई सुझाब दिए
प्रदेश सभा सदस्य बिन्दु पौडेलले कर्मकाण्ड मात्र पुरा गर्ने कि अर्थ पूर्ण लक्ष पुरा गर्ने भन्ने बिषयमा सरकार स्पष्ट हुनुपर्ने भन्दै पोखरा लगायत गण्डकी प्रदेशमा पर्यटकीय पुर्वाधार निर्माण गर्न, बिदेशी लगानी आकर्षित गर्न र अन्तराष्ट्रिय स्तरको बजार बिस्तार गर्ने तर्फ बजेट केन्द्रित हुनुपर्नेमा जोड दिईन ।
प्रदेश सभा सदस्य सरस्वती गुरुङले पारदर्शिता, जवाफदेहिता र कार्यान्वयनको बिषयमा सदैब प्रश्न उठ्ने गरेको भन्दै बजेटमा आएका केहि कार्यक्रमहरु जस्तै राउन्ड फेवा, फेताल संरक्षन लगायतका योजना प्रभावकारी रहेको कुरामा जोड दिईन।
अर्का प्रदेश सभा सदस्य भिम कार्कीले मुख्य मन्त्री पाण्डेले भ्रष्टाचार गर्दिन र हुन् दिन्न भनेपनि योजनाहरु समयमा सम्पन्न गर्न नसक्नु पनि भ्रष्टाचार हो भन्दै सरकार यस बिषयमा गम्भीर बन्नुपर्नेमा जोड दिए।
प्रदेश सभा सदस्य कल्पना तिवारीले बजेट घट्दै जाने हो भने बिकासको उच्चतम बिन्दुमा कसरि पुग्ने भन्ने प्रश्न गर्दै १४/१५ प्रतिशत गरिबीको रेखामुनि रहेका जनतालाई बजेटले छुन नसकेको बताइन ।
छलफलमा प्रदेश सभा सदस्यहरु सुधिर कुमार पौडेल, दमयिन्ति रुचाल, दिलमाया थापा,निर्मला थापा, हरिबहादुर भण्डारी, महेश भट्टराई, लिलबहादुर थापा लगायतले प्रदेश सरकारका अर्थमन्त्री डा. टकराज गुरुङले प्रस्तुत गरेको बजेट माथि आफ्नो भनाइ राखेका थिए ।
उक्त छलफल अगाडी सुन्य समयमा बोल्दै प्रदेश सांसद जितबहादुर शेरचनले बाग्लुंगमा जीप दुर्घटनामा परेर चारजनाको मृत्यु र केहि घाइते भएको भएपनि उपचार खर्च समेत जुट्न नसकेको भन्दै चिन्ता प्रकट गरे। उनले तिन तहका सरकारले समेत गरिब र असहायको लागि केहि सुबिधा दिन नसकेको भन्दै ततकाल प्रदेश सरकारको समेत ध्यान पुग्नुपर्नेमा जोड दिएका थिए।
अर्का सांसद बेदबहादुर गुरुङले सार्बजनिक बस र स्कुल बसको कारण बाताबरण प्रदुषण र दुर्घटना बढेको भन्दै त्यसमा ध्यान दिनुपर्नेमा जोड दिए। यसैगरि अर्का प्रदेश सांसद भिम कार्कीले बिम्म कम्पनि र सरकारको लापरबाहीको कारण सर्बसाधारण बिरामीले दुख पाउनुपरेको बताए। यसैगरी प्रदेश सांसद श्यामराजा महत र हरिबहादुर भण्डारीले बढी पैरोबाट हुने क्षतीप्रति गम्भीर बन्न र लुम्बिनी संग जोड्ने सडकको लागि बजेट व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए।