Play

गण्डकी कोटीहोम: राष्ट्रिय भजन प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण, शनिबार बिधिबत रुपमा समापन हुँदै

गुरुकुल खबर


पोखरा,  पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञानमहायज्ञ अन्तर्गत संचालित राष्ट्रिय भजन प्रतियोगिताका बिजयीहरुलाई शुक्रबार पुरस्कार बितरण गरिएको छ । महायज्ञको औपचारिक समापन हुनुभन्दा अघिल्लो दिन राष्ट्रिय भजन प्रतियोगिताका बिजयीहरुलाई पुरस्कार वितरण गरिएको हो शुक्रबार महायज्ञमा ओम शान्ति अर्थात ब्रह्मकुमारी इश्वरीय विश्वबिद्यालय अन्तर्गत पोखरास्थित विभिन्न शाखाका प्रमुख सहित अग्रज र अन्य विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई पनि सम्मान गरिएको थियो ।

राष्ट्रिय भजन प्रतियोगितामा पोखरा -२५ हेमजाको देविस्थान भजन समूहले प्रथम हुँदै ३ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार सहित सम्मानपत्र र उपहार प्राप्त गरेको छ भने दोश्रो स्थान प्राप्त गर्न सफल पोखरा -२५ हेमजाको अर्को समूह माछापुच्छेे सेवा समाजले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित सम्मानपत्र र उपहार समेत प्राप्त गरेको छ ।

प्रतियोगितामा बालन एवम् कला संस्कृति संरक्षण प्रतिष्ठान पोखरा–१७ ले तेश्रो भएर १ लाख ५५ हजार ५ सय ५५ रुपैया नगद र राधाकृष्ण भजन समूह सैनामैना  र भद्रकाली खैँजडी भजन समूहले शान्त्वना स्थान प्राप्त गरेर नगद ६५ हजार रुपैयाको दरले पुरस्कार सहित सम्मानपत्र र उपहार प्राप्त गर्न सफल भए।

त्यसैगरी धर्मोदय दश अवतार भजन समूह पाल्पाले रामपुर उत्कृष्ट झाँकी, भक्तिमार्ग आध्यात्मिक कलाकार सङ्घले उत्कृष्ट अभिनय, मातृकेश्वर एकता भजन समूह पोखरा–२५ हेमजाले उत्कृष्ट शब्द संयोजन, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान कालिका मन्दिर बागलुङले उत्कृष्ट नृत्य, हरिहर भजन समूह स्याङ्जा पुतली बजारले उत्कृष्ट प्रस्तुति  विधा अन्तर्गतको पुरस्कार पाउन सफल भए।

यसैगरि राष्ट्रिय लोक भजन चुट्का भुमही नवलपरासीले उत्कृष्ट पुरुष स्वर, सृजना भजन समूह माथागडी पाल्पाले उत्कृष्ट महिला स्वर, भगवती भजन समूह पोखरा–१४ खाल्टेमसिनाले उत्कृष्ट अनुशासन, ओम खहरे स्वर भजन समूह मकवानपुर मनहरीले उत्कृष्ट भेषभुषा, श्री गोपाल सिद्ध लोक भजन समूह प्राणिनी समाजले उत्कृष्ट बाधबादन, ओमकारेश्वर भजन समूह तार्केश्वर काठमाडौँले वैदिक सनातन प्रस्तुति, सनातन वाल समूह नवलपुर गैँडाकोटले उत्कृष्ट वाल कलाकार र हरेकृष्ण बौद्धिक ब्राह्मण भजन कीर्तन समूह गैँडाकोटले उत्कृष्ट सन्देशमूलक प्रस्तुति सम्बन्धि विधामा पुरस्कार पाए। विधागत रुपमा सवै समूहले नगद २५ हजार ५ सय ५५ रुपैयाँको दरले पुरस्कार प्राप्त गरेका थिए । विजयी समूहलाई महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर विजय कृष्णमूर्तिले पुरस्कार प्रदान गरेका थिए ।

यसैबीच पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञानमहायज्ञ समापन शनिबार हुने भएको छ । बैशाख १७ गतेबाट शुरु भएको कोटीहोमको हवनात्मक एबम धार्मिक अनुष्ठानका कार्यहरु जेष्ठ २६ सम्म चलेको भएपनि महायज्ञको प्रवचन लगायतका अन्य कार्यक्रमहरु भने जेष्ठ ३१ शनिबार सम्मका लागि थप गरिएको थियो । कोटिहोममा शुक्रबार महाआरती गरिएको र भक्तजनको समेत उल्लेख्य सहभागिता रहेको थियो । कोटिहोममा शुक्रबार देखि नै विभूति (भष्म), तिलक र प्रसाद वितरण गरिएको छ। विभूति, तिलक र प्रसाद लिन सर्बसाधारणहरु महायज्ञस्थल पुगेका थिए ।

त्यसै गरी हवन कुण्डमा रहेका इट्टा पनि वितरण गरिएको छ । उनका अनुसार १ सय रुपैयाँ तिरेर हवन कुण्डमा रहेका इट्टा पनि घरमा लान पाइने व्यवस्था रहेको छ। त्यसै गरी कोटिहोममा रहेका जल सहितका ११ हजार कलश सबै बिक्रि भएको आयोजकले जनाएका छन् । कोटिहोममा भागवत मञ्जरी राधिका दासीले कथा वाचन गरिरहेकी छन् । पोखरा–१७  बिरौटास्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन गरिएको हो ।

३० जेष्ठ २०८२, शुक्रबार २१:२२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा