Play

कास्कीमा नयाँ प्रजिअ शर्माको उद्घोष- सबै पक्षसंग समन्वय गर्दै जिल्लाको समग्र अबस्थामा सुधारको पहल गर्छु

गुरुकुल खबर


पोखरा, कास्की जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी रुद्रा शर्माले लिएकी छन। बिगत केहि बर्षदेखि गृहमन्त्रालय अन्तर्गत रहेर विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्दै आएकी शर्माले बुधबारबाट कास्कीको प्रमुख जिल्ला अधिकारीको रुपमा पद बहाली गरेकी छन।

उनले कास्कीको प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हालेसंगै उनले जिल्लाको शान्ति सुरक्षा सहित समग्र अबस्थाको बारेमा जिल्लास्थित विभिन्न सुरक्षा अंगका प्रमुखहरुबाट जानकारी लिने क्रम जारी रहेको छ। यसैगरि उनलाई कास्कीमा स्वागत गर्न भन्दै जिल्ला प्रशासन कार्यालय पुग्नेहरुको संख्या पनि त्यत्तिकै छ कास्कीको प्रमुख जिल्ला अधिकारीको रुपमा यस अगाडी भरतमणि पाण्डेले जिम्मेवारी सम्हालेका थिए ।

गृह मन्त्रालय अन्तर्गत रामेछाप जिल्लाको प्रमुख जिल्ला अधिकारी रहेर शुरु भएको रुद्रा शर्माको यात्रा गुल्मी, काभ्रे, भक्तपुर र बर्दिया लगायतका जिल्ला हुँदै कास्की जिल्लामा आइपुगेको हो।  बाग्लुंग जिल्लाको पैयुँपाटा पुरानो घर भएपनि निजामती सेवामा लामो समय बिताएकी रुद्रा शर्मा पछिल्लो समय काठमाडौँमा बस्दै आएकी छन।

नेपाल सरकारको सहसचिबमा बढुवा भएसंगै उनको निजामति सेवाको यात्राको लामो समय गृह प्रशासनमा बितेको छ। त्यस अगाडी उनि संचार तथा सूचना प्रबिधि मन्त्रालयमा कार्यरत थिइन। उनले आफ्नो कामको शिलशिलामा अमेरिका लगायतका विभिन्न मुलुकको भ्रमण गरिसकेकी छन।

स्पष्टसंग बोल्न र आफ्नो कुरा राख्न सक्ने क्षमताबान महिला प्रशासकको रुपमा उनलाई लिने गरिन्छ। उनि गृह प्रशासनमा रहेको करिब एक दशक पुग्न लागेको भएपनि हालसम्म बिबादमा समेत नपरेकोले कास्कीको प्रमुख जिल्ला अधिकारीको कार्यकाल पनि राम्रो संग बित्ने उनको बिश्वास छ।

‘संघिय सरकारको प्रतिनिधिको रुपमा गण्डकी प्रदेशको राजधानी पोखरामा रहेर प्रदेश सरकार, स्थानीय सरकार विभिन्न राजनीतिक दलहरु सहित विभिन्न सरकारी एबम गैर सरकारी निकायसंग प्रभावकारी समन्वय गर्ने र कास्की जिल्लाको शान्ति सुरक्षाको अबस्था बिग्रिन नदिई थप सुधारको लागि आबश्यक पहल गर्न म प्रतिबद्ध छु’- उनले गुरुकुल खबरसंग भनिन।

‘जिल्लाको शान्ति सुरक्षा सहित बिकास निर्माण र नागरिकसंग सम्बन्धित अन्य कामको लागि सम्बन्धित निकायसंग समन्वय गर्ने, शुसासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउने तर्फ मेरो पहल रहनेछ यस कार्यमा सबै पक्षको साथ, सहयोग र समन्वय प्राप्त हुनेमा म विश्वस्त छु।’ प्रजिअ शर्माको भनाई छ ।

यसैबीच नेपाल निजामती कर्मचारी युनियनले कास्कीका नवआगन्तुक प्रजिअ रुद्रादेबी शर्मालाई उनकै कार्यकक्षमा पुगेर स्वागत गरेको छ युनियनका कास्की जिल्ला अध्यक्ष शुरेशकुमार श्रेष्ठ सहित युनियनको विभिन्न जिम्मेवारीमा रहेका कर्मचारीहरुले प्रजिअ शर्माको कार्यकाल कास्की जिल्लामा राम्रो हुने बिश्वास व्यक्त गर्दै शुभकामना दिएका थिए ।

२२ जेष्ठ २०८२, बिहीबार १६:४३ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा