Play

आफ्नै कान्छी श्रीमतीको हत्या गरेर पोखरा -१७ का बरालले गरे आत्महत्या

गुरुकुल खबर


पोखरा, महानगरपालिका -१७ का का ऋषिराम बरालले आफ्नी कान्छी श्रीमतीको हत्या गरेपछि आफूले समेत आत्महत्या गरेका हुन् ।  घरायसी झगडा परेपछि ५७ वर्षीय बरालले आफ्नी कान्छी श्रीमती ३७ वर्षीया देवीमाया पराजुलीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

बरालका दुईजना श्रीमती रहेकोमा कान्छी श्रीमती पराजुलीसंग बस्दै आएका बराल र पराजुलीको बिचमा घरायसी झगडा रहेको कारण श्रीमतीको हत्या गरेपछि श्रीमान् बरालले समेत आत्महत्या गरेको अनुसन्धानले देखाएको छ । कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले भने, ‘घरायसी झगडा रहेछ । श्रीमतीको हत्या गरेपछि आत्महत्या गरेको अनुसन्धानले देखाएको छ ।’

घटनाको विषयमा थप अनुसन्धान भइरहेको बस्नेतले जानकारी दिए । दम्पत्तिको बालबच्चा नरहेको प्रवक्ता बस्नेतले जनाएका छन् । घटना सोमबार मध्यान्ह करिब १२ बजेको हो । देवीमायाको सोमबार नै मृत्यु भएको थियो भने श्रीमान् ऋषिरामको मंगलबार बिहान करिब ७ बजे मृत्यु भएको हो ।

स्थानीयका अनुसार बरालकी कान्छी श्रीमती देवीमायाले ३ वर्षदेखि विरौटा नहरचोकमा फेन्सी पसल सञ्चालन गर्दै आएकी थिइन् ।  ऋषिराम जेठी श्रीमतीलाई छाडेर देवीमायासँग बस्दै आएका थिए । जेठीसँग नजिकिएको कान्छीलाई मन नपरेको, जेठीसँग फोटो खिचेको मोबाइलमा देखेपछि झगडा भएको बुझिन्छ । पछिल्लो समय श्रीमान्‌–श्रीमतीबीच घरायसी विवाद बढ्दै गएको थियो ।

देवीमायाको घाँटीमा र अनुहारमा चोट लागेको छ । बराल भेटिएको स्थानमा मेटासिट नामक विषादीको डिब्बा र चक्कू भेटिएको थियो । उनीहरूको शव अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । कान्छीको हत्या गरेपछि जेठी श्रीमतीलाई म्यासेज पठाएर आत्महत्या गरेको बताइन्छ । त्यसपछि जेठी श्रीमतीले घरमा आफन्त पठाउँदा देवीमाया रक्ताम्मे भेटिएका थिए भने श्रीमान् घाइते अवस्थामा भेटिएका थिए । त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेको बुझिएकोछ ।

श्रीमान श्रीमती अचेत अवस्थामा भेटेपछि प्रहरीले दुवै जनालाई उद्धार गरेर गण्डकी मेडिकल कलेज अस्पताल पुरयाएको थियो । अस्पताल पुरयाउने वित्तिकै ३७ वर्षीया देवीमाया पराजुली र ५७ वर्षीय ऋषिराम बराललाई चिकित्सकले मृत घोषणा गरेका हुन् । घरायसी झगडा परेपछि बरालले श्रीमतीको हत्या गरेका प्रहरीको प्रारम्भिक अनुसन्धानले छ । उनका अनुसार यो नितान्त घरायसी झगडा जस्तो देखिन्छ,’ प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले भने । घटनाको विषयमा थप अनुसन्धान भइरहेको डिएसपी बस्नेतले बताए ।

२३ बैशाख २०८२, मंगलवार २२:५२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा