Play

तिनकुने घटनाको आरोपमा पक्राउ परेका रबिन्द्र मिश्र र दुर्गा प्रसाईं सहित २५ जनालाई थप पांचदिन थुनामा राखिने

गुरुकुल खबर


काठमाडौँ,  राजतन्त्रका समर्थकहरुले काठमाडौँको तिनकुनेमा आयोजना गरेको प्रदर्शनको क्रममा भएको घटनामा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेकाहरूहरुलाई जिल्ला अदालत काठमाडाैँले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

काठमाडाैँ जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र सहित २५ जनालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् । मिश्र र दुर्गा प्रसाई सहित २५ जनामाथि प्रहरीले थुनामा राखेर राज्यविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।

राप्रपाका महामन्त्री धवल शमशेर जबरा भने केहि दिन अगाडी नै हाजिर जमानीमा रिहा भएका छन  गत चैत १५ गते भएको उक्त प्रदर्शनमा दुई जनाको मृत्यु हुनुका साथै भौतिक संरचनामा ठुलो क्षति भएको थियो । जहाँ मिश्र लगायतले प्रदर्शनलाई उक्साएको आरोप लगाइएको छ ।

राजाको समर्थनमा भइरहेका प्रदर्शनको अगुवाई दुर्गा प्रसाईंले गरेका थिए उक्त प्रदर्शनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि समर्थन गरेको थियो हाल राप्रपाका नेताहरु कता बसिरहेको छन् भन्ने पनि जानाकारी छैन ।

२१ बैशाख २०८२, आईतवार २०:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा