Play

मुलुकको राज्यप्रणाली महँगो भयो, जनताले यस्तो प्रणाली व्यहोर्न सक्दैनन – पुर्बमन्त्री एनपी साउद

गुरुकुल खबर


काठमाडौँ,   नेपाली कांग्रेसका नेता एबम पुर्ब मन्त्री एनपी साउदले मुलुकको शासन प्रणाली अत्यन्तै महँगो भएको बताएका छन् । पोखरामा शनिबार नेपाली काँग्रेस कास्की क्षेत्र न. २ दोस्रो क्षेत्रीय सम्मेलनलाई सम्बोन्धन गर्दै उनले महँगो शासन प्रणालीलाई जनताले ब्यहोर्न नसक्ने बताए । नेता साउदले सरकारले प्रभावकारी काम गर्न नसकेको, संबिधान संसोधन र अनाबश्यक खर्च घटाउने तर्फ सरकारको ध्यान नपुगेको भन्दै सरकारको कार्यशैलीको आलोचना गरे।

‘धेरै एक्सपेन्सिभ भयो राज्य प्रणाली । नेपाली जनताले यति ज्यादा महँगो शासन प्रणाली व्यहोर्न सक्दैनन्,’ पूर्वपरराष्ट्रमन्त्री साउदले भने, ‘शासन प्रणालीमा जति साधारण खर्च बढ्छ, त्यति विकासका सम्भावना कम हुन्छन् । किनभने विकास खर्च त्यति घट्छ ।’ उनले संविधान संशोधन गरेर शासन प्रणालीमा हुने खर्च घटाउने विषयतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

नेता साउदले सरकार  खाली जुहारीमा मात्रै केन्द्रित भएको पनि टिप्पणी गरे । सरकार कहिले शिक्षकलाई, कहिले कर्मचारीलाई जवाफ दिने काममा केन्द्रित भएको आरोप लगाउंदै उनले यस्तो प्रवृतिका कारण सरकारले प्राथमिक दायित्व निर्वाह गर्न समेत नसक्ने बताए ।

‘संविधानमा आबश्यक परिमार्जन गर्ने तिर दुईतिहाइको सरकारको ध्यान जाला भनेर हामीले सोचेका थियौँ । तर, सरकार खाली जुहारीमा मात्रै केन्द्रित भएको देखिन्छ,’ उनले भने, ‘काममा जानुपर्ने सरकार, जनतालाई राहत दिनुपर्ने सरकार कहिले शिक्षकलाई, कहिले कर्मचारीलाई जवाफ दिने काममा मात्रै गयो भने आफ्नो प्राथमिक दायित्व निर्वाह गर्न सक्दैन ।’

संसद्‍‌भित्र र बाहिर आफूहरू सरकारको बचाउमा लागिरहेको भन्दै उनले अहिलेको वस्तुस्थितिलाई पार्टीभित्र पनि छलफलको विषय वस्तु बनाउनुपर्छ भन्ने मान्यता राखेर मात्रै सरकारका कमीकमजोरीबारे बोल्ने गरेको बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरु बराल, केन्द्रीय सदस्य शारदा पौडेल, कांग्रेस नेताहरु गुरुराज घिमिरे, गोबिन्द बहादुर शाह, पूर्व मन्त्री कुमार खड्का, नेका महासमिति सदस्यहरु शोभियत बहादुर अधिकारी, देबराज चालिसे र रंगिला आचार्य, वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्य, प्रदेश सभापति दिनेश आचार्य र दिपेन्द्र मर्सानी, सचिब देबकृष्ण पराजुली लगायतले आआफ्नो भनाई राखेका थिए। कार्यक्रमको सभापतित्व कास्की क्षेत्र न.२ का सभापति केशर प्रसाद निर्दोषीले गरेका थिए ।

 

२० बैशाख २०८२, शनिबार २२:०७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा