Play

पोखराका काँग्रेस नेता तिमल्सिना महासमिति सदस्यमा मनोनित

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेसका नेता दुर्गा तिमल्सिना नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि एवम् महासमिति सदस्यमा मनोनित भएका छन ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानको धारा ५१ (१) (क) बमोजिम महाधिवेशन प्रतिनिधि र धारा ५१(१)(ख) बमोजिम महासमिति सदस्यमा मनोनित गरेका हुन ।

तिमल्सिनाले यसअघि पार्टीको पूर्व महासमिति सदस्य, पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष, नेपाली काँग्रेस कास्की क्षेत्र नं ३ को क्षेत्रीय सभापति, जिल्ला सदस्य, पार्टीको परराष्ट्र समन्वय विभागको सदस्य लगायतका विभिन्न जिम्मेवारीमा थिए ।

२०४३ सालमा काँग्रेसको पञ्चायत उपयोग गर्ने नीति अनुसार कास्कीकोट गाउँ पञ्चायतको उपप्रधानपञ्च निर्वाचित भएका तिमल्सिना २०३४ सालदेखि २०४९ सालसम्म कास्कीकोट गाउँको पार्टी इकाइको सभापति, २०५५ सालमा नेपाल तरुण दलको जिल्ला सदस्य रहेर पनि काम गरेका थिए  ।  २०४४ सालमा पार्टीको कृयाशिल सदस्य लिएका उनले नेपालमा प्रजातन्त्र पुनस्थापनाको लागि २०४६ सालमा स्याङजा र २०६१/०६२ मा कास्कीमा जेलजीवन समेत बिताएको बुझिएको छ ।

१० बैशाख २०८२, बुधबार ११:२६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा