Play

तनहुँमा सवारी दुर्घटना: काठमाडौँमा जारी आन्दोलनबाट फर्किंदै गरेका दुई शिक्षकको मृत्यु

गुरुकुल खबर


पोखरा,  काठमाडौँबाट लम्जुंग तर्फ जाँदै गरेको यात्रुबाहक माइक्रोबस  तनहुँको भानु नगरपालिका–१० नेपालटारको सडकमा स्कुटरसंग ठोकिएर भएको दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ भने १४ जना यात्रु घाइते भएका छन । काठमाडौँमा जारी शिक्षक आन्दोलनमा सहभागी भएर फर्किंदै मनाङका एक शिक्षक र लम्जुंगका अर्का शिक्षक गरि दुई जनाको ज्यान गएको र भने अन्य १२ जना घाइते भएको प्रहरीले जनाएको छ।

लमजुङतर्फ जाँदै गरेको बा २ ख ४०२२ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेको स्कुटर आइतबार दिउँसो डुम्रे–बेसीशहर सडकखण्ड एकआपसमा ठोक्किँदा जीप अनियन्त्रित भई भित्तामा ठोक्किएर उक्त दुर्घटना भएको थियो।

दुर्घटनामा परी गम्भीर घाइते भएका मनाङ, नासोँ गाउँपालिका–८ का शिक्षक तथा प्रधानाध्यापक मन घलेको लम्जुङको नमुना सामुदायिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो। उनी गण्डकी प्रदेशस्तरीय शिक्षक आन्दोलनमा सहभागी भएर फर्किंदै थिए । सोही जीपमा सवार लमजुङ, बेसीशहर नगरपालिका–३ का लिलाप्रसाद बसौला, प्रधानाध्यापक समेत हुन। उनको खुट्टा र मुखमा चोट लागेको छ र अस्पतालमा उपचार भइरहेको छ।

उनीहरू दुवै जना लामो समयदेखि शिक्षण पेशामा संलग्न व्यक्तित्व हुन्।  दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक अशोक थापाका अनुसार डुम्रे–बेसीशहर सडकखण्डमा दिउँसो करिब साढे बाह्रबजे दुर्घटना भएको हो ।

डुम्रेबाट लम्जुङतर्फ जाँदै गरेको बा २ ख ४०२२ नम्बरको माइक्रोबस र ग २६ प ४०५८ नम्बरको स्कुटर आपसमा ठोक्किँदा दुर्घटना भएको हो। यसैगरि स्कुटर पछाडि सवार लम्जुङ, बेसीशहर नगरपालिका–८ की ३२ वर्षीया अनिता थापा श्रेष्ठको प्रदेश अस्पताल दमौलीमा उपचारको क्रममा निधन भएको सूचना अधिकारी थापाले बताए ।

दुर्घटनामा घाइते भएका १४ जनालाई डुम्रे र सिउडीबारका अस्पतालहरूमा उपचारत छन् । जसमध्ये केहीलाई अवस्था गम्भीर भएपछि चितवन रिफर गरिएको छ ।

सिउडीबार, भोटेवडार अस्पतालमा उपचाररत घाइतेः

१. दिपेन्द्र श्रेष्ठ, वर्ष ४१, बेसीशहर–८ः टाउको, घाँटी, छाती र अनुहारमा गम्भीर चोट । चितवन रिफर ।
२. पुजा गुरुङ, वर्ष १४, लम्जुङः घाँटी र छातीमा चोट। अवस्था मध्यम। चितवन रिफर ।
३. प्रेम बहादुर सुनार, वर्ष ५२, ओखलढुंगाः बाँया खुट्टा भाँचिएको, छातीमा चोट । चितवन मेडिकल कलेज रिफर ।
४. युनिशा गुरुङ, वर्ष २४, लम्जुङः टाउको, घाँटी र दुबै हातमा चोट । अवस्था मध्यम । चितवन रिफर ।
५. राजकुमारी गुरुङ, वर्ष ६७, लम्जुङः दाहिने खुट्टामा सामान्य चोट ।
६. लिला प्रसाद बसौला, वर्ष ५४, लम्जुङः दाहिने खुट्टा र मुखमा चोट । अवस्था मध्यम ।
७. अधिष राई, वर्ष ३५, ओखलढुंगाः बाँया खुट्टामा सामान्य चोट ।
८. कुमार राई, वर्ष ३२, सोलुखुम्बुः बाँया खुट्टामा सामान्य चोट ।
९. धन बहादुर गुरुङ, वर्ष ५१, गोरखाः बाँया खुट्टामा सामान्य चोट ।

लक्ष्मी अस्पताल डुम्रेमामा उपचाररतः

१. कृष्ण कुमारी पाण्डे, वर्ष ७८, बेसीशहर–२ः दायाँ खुट्टा र बायाँ हातमा चोट । अवस्था मध्यम ।
२. तित्थ कुमारी थापा, वर्ष ४३, तनहुँः शरीरका विभिन्न भागमा भित्री चोट । अवस्था मध्यम ।
३. मनिका गुरुङ, वर्ष ३२, तनहुँः शरीरको भित्री भागमा चोट । अवस्था मध्यम ।
तनहुँ प्रहरीका अनुसार दुर्घटनाको विस्तृत विवरण र कारणबारे थप अनुसन्धान भइरहेको छ ।

७ बैशाख २०८२, आईतवार २१:४३ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा