Play

बैशाख महिनाभर युआरएलको सबै सेवामा तिस प्रतिशत छुट, न्युरोड शाखामा थाइराइडको परिक्षण सित्तैंमा

गुरुकुल खबर


पोखरा, युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले नयाँ वर्षको उपलक्ष्यमा सबै सेवामा छुट र थाइराइड सित्तैमा जाँच गर्ने योजना सार्वजनिक गरेको छ । युआरएलले वैशाखभर मुख्य कार्यालयसहित १६ वटै शाखाबाट हुने सबै सेवामा ३० प्रतिशत छुट दिने जनाएको छ ।

नयाँवर्षकै अवसरमा युआरएलको सभागृहचोकमा रहेको मुख्य कार्यालयमा थाइराइडसम्बन्धी रगत जाँच (टिएसएच) सित्तैमा गर्न थालिएको प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले बताए । युआरएलका पोखरा महानगरमा रहेका शाखाहरु हस्पिटलचोक, विरौटा, शिशुवा, मोहोरिया, बाटुलेचौर, मियाँपाटन र लेकसाइडमा छुट सुविधा उपलब्ध छ ।  यसका साथै नवलपुरको कावासोती, स्याङ्जाका वालिङ रस्याङ्जा, बागलुङ, तनहुँका दमौली, दुलेगौंडा र बेलचौतारा र लमजुङको बेंसीसहर शाखाबाट पनि सेवाग्राहीले छुट पाउनेछन् ।

युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थले आफैं जाँच गर्न आउनेको संख्या, रिफर आउने नमुनाहरु, प्रयोग भएका प्रविधि, मेसिन र जनशक्तिका आधारमा युआरएल नमुना र अग्रणी ल्याब बनेको दाबि गरे। ‘हालै हामीले थाइराइड, भिटामिन, निसन्तानसम्बन्धी परीक्षणका लागि नयाँ मेसिन थपेका छौँ । सेवाग्राही र परीक्षणका नमुनाको संख्या बढेकाले कार्यालय विस्तारसँगै कर्मचारी पनि थप गरेका छौँ,’ उनले भने।  ल्याबले गरेको सामाजिक काम, परीक्षणको मात्रा, रिफर आउने नमुना, सेवाग्राहीको विश्वासले युआरएल अग्रणी र लोकप्रिय ल्याब बनेको उनको भनाइ छ ।

२०७० सालमा स्थापना भएको युआरएलले गण्डकी प्रदेशका ८ जिल्लामा सेवा विस्वतार गरेको छ । अहिलेसम्म युआरएल आफैं र विभिन्न संघ, संस्थासँग सहकार्य गरी १ सय ९४ वटा निशुल्क रक्त परीक्षण शिविरसँगै सचेतना कार्यक्रम आयोजना भएका छन् । ती शिविरबाटकरिब साढे दुई लाखले सेवा लिएका छन् ।

युआरएलमा पाँच सयभन्दा बढी स्वास्थ्य संस्थाबाट परीक्षणका लागि नमुना आउने गरेको र अहिलेसम्म १ हजार २ सयभन्दा बढी चिकित्सकले जाँचका लागि युआरएलमा रिफर गरेको अध्यक्ष पन्थले बताए । विश्वकै प्रतिष्ठित एपोलो हस्पिटलले युआरएललाई गण्डकी प्रदेशका लागि आधिकारिक रिफरल सेन्टरको मान्यता दिएको छ ।

४ बैशाख २०८२, बिहीबार १४:४८ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा