Play

पोखरा नर्सिङ क्याम्पसमा नेविसंघबाट रचनाको नेतृत्वमा उमेद्वारी (सबै उमेद्वारको नामावली सहित)

गुरुकुल खबर


पोखरा, आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको लागि पोखरा स्थित चिकित्सा शास्त्र अध्ययन संस्थान, नर्सिङ क्याम्पस पोखरामा अन्य बिद्यार्थी संगठनहरु संगै नेपाल बिद्यार्थी संघका तर्फबाट पनि उमेद्वारी दर्ता भएको छ।

नेबिसंघबाट नर्सिङ क्याम्पस पोखराको स्ववियु सभापतिमा रचना पौडेलको उमेद्वारी परेको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर – ४, सल्यानमा जन्मिएर पोखराको कुम्दिनी होम्स स्कुलबाट एसएलसी उत्तीर्ण गरेकी पौडेलले पिसिएल नर्सिङ, बिएन सोहि क्रयाम्पसबाट अध्ययन पुरा गरेको र हाल एमएनको अध्ययन पनि सोहि क्याम्पसमा गरिरहेकोले त्यहाँका बिद्यार्थीहरुबीच राम्रो सम्बन्ध रहेको नेविसंघले जनाएको छ।

नेविसंघबाट प्रत्यक्ष निर्बाचन तर्फ सचिबमा स्वेता कोइराला, कोषाध्यक्षमा सुष्मा बरालले उमेद्वारी दर्ता गराएका छन।

यसैगरि स्ववियु सदस्यहरुमा माटिना थापा मगर, किरण सेन, किर्ति सिग्देल, सरस्वती खनाल र स्मीता गौतमको उमेद्वारी परेको छ भने समानुपातिक तर्फ नम्रता चापागाई, ममता शर्मा, सञ्चिता दाहाल,अन्जु गौतम र गीता घलेको उमेद्वारी परेको छ। समानुपातिक तर्फबाट सदस्यमा उमेद्वारी दिने नम्रता चापागाई नेपाल बिद्यार्थी संघ नर्सिङ क्याम्पस पोखरा इकाईको सभापति समेत हुन।

उक्त क्याम्पसमा प्रत्यक्ष तर्फ अनेरास्ववियु र नेविसंघको तर्फबाट १६ जनाको र समानुपातिक तर्फ पनि दुवै संगठनका १५ जनाको उमेद्वारी परेको छ ।

२८ फाल्गुन २०८१, बुधबार ०७:४५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा