पोखरा, कास्की जिल्लाबाट विभिन्न मुलुकमा पुगेर विभिन्न पेशा र ब्यबसायमा संलग्न कस्केलीहरु संलग्न विभिन्न संस्थाको विश्व संजालको रुपमा रहेको कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदका संरक्षक र सल्लाहकारहरुको बैठक हालै सम्पन्न भएको छ। बैठकले यसै बर्ष भित्र दुबईमा गर्ने भनिएको कस्केलीहरुको विश्व सम्मेलन भव्यता पुर्बक सम्पन्न गर्न सबैले आआफ्नो ठाउँबाट आबश्यक सहयोग गर्ने निर्णय गरेको छ।
बिभिन्न मुलुकमा विश्व सम्मेलन आयोजना गर्ने क्रममा यस बर्ष २०२५ को विश्व सम्मेलन दुबईमा गर्ने निर्णय परिषदको कार्यसमितिको बैठकले यस अगाडी नै गरिसकेको छ। विश्व सम्मेलनको लागि आबश्यक तयारी गर्नको लागि परिषदका उपाध्यक्ष बिकास शाही र महासचिब केदार कुँवरलाई जिम्मेवारी दिने निर्णय परिषदको कार्यसमितिको बैठकले गरिसकेको छ।
संरक्षक र सल्लाहकारहरुको सहभागितामा भएको जूम बैठकमा समितिका अध्यक्ष शिब बानियाको नेतृत्वमा रहेको कार्यसमितिले तयार गरेको आगामी कार्ययोजनाका बारेमा परिषदका महासचिब केदार कुँवरले जानकारी गराएका थिए । उनले अन्तराष्ट्रिय कार्यसमितिले तयार गरेको कार्ययोजना अनुसार अगाडी बढ्न संरक्षक र सल्लाहकारहरुको समेत दरिलो साथ र समर्थन चाहिने भन्दै सुझाबको अपेक्षा गरेका थिए।
बैठकमा परिषदका अध्यक्ष शिब बानियाले २५ वटा जति मुलुकमा कास्की आदर्श सेवा समाज अर्थात कस्केलीहरुका संस्था बनिसकेको र अन्य केहि मुलुकमा पनि यसकिसिमका संस्था स्थापना गर्ने तयारी भैरहेको जानकारी गराए। अध्यक्ष बानियाले कास्कीको पोखरामा संस्थाको आफ्नै स्वामित्वमा कार्यालय भवन निर्माण गर्ने, अन्तराष्ट्रिय समन्वय परिषदलाई नेपालको परराष्ट्र मन्त्रालय अन्तर्गत दर्ता गर्ने र दुबईमा यस बर्ष अर्थात २०२५ मा विश्व सम्मेलन गर्ने विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी गराए।
बैठकमा विभिन्न मुलुकमा कस्केलीहरुको खोजि अभियानलाई तिब्रता दिंदै सदस्यता बिस्तार गर्ने, आकस्मिक राहत कोष स्थापना गरि अप्ठेरोमा वा समस्यामा परेका कस्केलिहरुलाई आर्थिक एबम अन्य सहयोग गर्ने, कास्कीबाट कामको लागि जान विभिन्न मुलुकमा जान चाहने कस्केलीहरुलाई उनीहरुको आबश्यकता र चाहना अनुसारको तालिम दिने, विभिन्न सचेतनामुलक प्रशिक्षण संचालन गर्ने र विभिन्न राष्ट्रिय समितिले कास्की जिल्लामा गर्ने काममा डुप्लिकेसन नहुने गरि काम गर्न सकेमा कास्कीमा बस्ने र कास्कीबाट विभिन्न मुलुक पुग्ने कस्केलीहरुलाई समेत फाइदा पुग्ने कुरामा बैठकका सहभागीहरुले जोड दिएका थिए।
बैठकमा अन्तराष्ट्रिय समन्वय परिषदका प्रमुख संरक्षक सितादेबी बाँस्तोला, संरक्षकहरु विश्वराज बाँस्तोला, केदार ढुंगाना, दुर्गाप्रसाद सुबेदी, बिमल सुबेदी सहित सल्लाहकारहरु हिमाल गुरुङ, टेक गुरुङ, गंगाधर पराजुली, हेमराज बराल, कृष्णप्रसाद तिमिल्सिना लगायतले कास्की सामाजमा सबै कस्केलीहरुलाई सहभागी गराउने, कुनै मतभेद भएमा त्यसको निराकरणको पहल गर्ने र कास्की जिल्लाको समग्र बिकासको निम्ति आआफ्नो ठाउँबाट पहल गर्ने लगायतका विभिन्न सुझाब दिएको महासचिब कुँवरले गुरुकुल खबरलाई जानकारी दिए ।
एनआरएनको एकता महाधिबेशन कास्कीको पोखरामा आयोजना गर्न आग्रह
यसैबीच गैर आवासीय नेपाली संघ एनआरएनको आगामी मे महिनाको ३ देखि ५ तारिखसम्म नेपालमा हुने भनिएको सम्मेलन अर्थात एकता महाधिबेशन कास्कीको पोखरामा आयोजना गर्न कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदले आग्रह गरेको छ। गैर आवासीय नेपाली संघ उच्च स्तरीय समितिका संयोजक शेष घलेलाई एक पत्र पठाउँदै कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदले पोखरा राष्ट्रिय एबम अन्तराष्ट्रिय स्तरमा प्रमुख पर्यटकीय नगरको रुपमा चिनिएको मात्र नभएर पोखरा प्राकृतिक रुपमा ताल हिमाल र मनोरम स्थलहरु भएको सुबिधासम्पन्न शहर भएको कारण पोखरामा नै एनआरएनको एकता महाधिबेशन गर्न आग्रह गरिएको छ।
पोखरामा आउने जो सुकैले पनि महाधिबेशनमा भाग लिने अनि विभिन्न साहसिक खेलहरु प्याराग्लाईडीग, अल्ट्रालाइट, हट एयर बेलुन, बन्जी, केवलकार, डुंगा सफारी लगायतको आनन्द लिन पाउने, समय धेरै हुनेले पोखराबाट अन्नपुर्ण संरक्षनं क्षेत्रमा तथा छोटो दुरीमा ट्रेकिंग गर्न पाउने साथै पोखराको धार्मिक स्थलहरु बिन्दुबासिनी, तालबाराही, महादेव मुर्ती, विश्व शान्ति स्तुप, गुप्तेश्वर गुफा लगायतका मठ मन्दिर र विभिन्न परम्परागत एबम जातीय र स्थानीय सस्कृतिको अबलोकन गर्न पाउने भएकोले पनि पोखरामा नै एनआरएनको महाधिबेशन गर्न उपयुक्त हुने परिषदका अध्यक्ष शिब बानियाले लेखेको पत्रमा उल्लेख छ।
पोखरामा सहभागीहरु आउनको लागि नयाँ विमानस्थलको निर्माणले सहज भएको मात्र नभएर हाल पृथ्वी राजमार्गको स्तरोंन्नती भैरहेकोले स्थलमार्गबाट पोखरा आउन पनि सहज हुने पत्रमा उल्लेख छ। पोखरामा पाहुनाहरु बस्नको लागि सुबिधा सम्पन्न होटल एबम अन्य पर्यटकीय होटलमा करिब ३५ हजार बेड रहेको, सभा सम्मेलन गर्नको लागि विभिन्न होटल र पार्टी प्यालेसमा सुबिधा सम्पन्न हलहरु रहेको, सार्बजनिक यातायातका साधन र बिरामी परेमा स्वास्थ्यउपचार गर्न सुबिधा सम्पन्न अस्पतालहरु समेत रहेकोले पोखरामा नै एकता महाधिबेशन गर्न आग्रह गरिएको अध्यक्ष बानियाले गुरुकुल खबरलाई जानकारी दिए।
यस बर्ष सन् २०२५ लाई पोखरा महानगरपालिकाले पोखरा भ्रमण बर्षको रुपमा घोषणा गरेको र पोखरा नेपालको पर्यटकीय राजधानी समेत घोषणा भैसकेकोले पोखरामा नै एकता महाधिबेशन गर्न उपयुक्त हुने कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदको निष्कर्ष रहेको महासचिब केदार कुँवरको भनाई रहेको छ ।
सम्बन्धित समाचारहरु ..
कास्की समाज अन्तराष्ट्रिय समितिमा विभिन्न मनोनयन, एनआरएनको महाधिबेशन पोखरामा गर्न प्रस्ताब
कास्की आदर्श समाजको अन्तराष्ट्रिय समितिमा विभिन्न मनोनयन, कस्केली विश्व सम्मेलन दुबईमा गर्ने निर्णय